युरोकप फुटवल: फ्रान्स, जमर्न पोर्चुगल र स्पेन नकआउट चरणमा प्रवेश
एजेन्सी, असार १० । युरोकप फुटवलको समुहगत चरणको अन्तिम खेलमा फ्रान्स, जमर्न पोर्चुगल र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।
गएराति भएको खेलमा स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो । स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो ।
उता फ्रान्स समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
जर्मनले हंगेरीसंग २-२ को बरावरी खेल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।