विश्व टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई
एजेन्सी,असार १० । पहिलो संस्करणको आइसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको छ ।
भारतमाथि ८ विकेट शानदार जित निकाल्दै न्युजिल्याण्डले आइसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि हात पारेको हो ।
वर्षाले प्रभावित बनेको खेल ६ दिनमा टुङ्गोमा पुगेको हो । भारतले प्रस्तुत गरेको १३९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ४५.५ ओभरमा जम्मा २ विकेट गुमाउँदै पुरा गर्यो ।
पहिला ब्याटिङ्ग गरेको भारत जम्मा १७० रनमा समेटिन पुगेको थियो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले पहिलो इनिङ्गमा २१७ रन बनाएको थियो भने न्युजिल्याण्डले २४९ रन बनाउँदै ३२ रनको झिनो अग्रता बनाएको थियो ।