आज असार १० गते बिहिबार तपाईको राशिफल
आज मिति २०७८ साल असार १० गते बार बिहीबार तदनुसार सन २०२१ जुन महिनाको २४ तारिख, जेष्ठ शुक्ल पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, जेष्ठा नक्षत्र, पूर्णिमा तिथी, शुक्ल योग, साध्य करण, आज चन्द्रमा अहिले बिहानको ९ बजेर १९ मिनेटबाट धनु राशीमा प्रवेश गर्नेछ । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजेर १ मिनेटमा हुनेछ । विशेष कार्यहरुको लागि शुभ समय बिहानको ११ बजेर ३९ मिनेटबाट १२ बजेर ३४ मिनेटसम्म रहनेछ । आजको राहूकाल दिउँसोको १ बजेर ५० मिनेटदेखि ३ बजेर ३४ मिनेटसम्म रहनेछ । राहूकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु वर्जित छन् ।
(१) मेष राशी
समय अस्थिर खालको रहनेछ । मेहनत अनुसार फल पाउन अलि गाह्रो होला, किचकिच, झमेला, लफडा, निरर्थक व्यस्ततामा अलमलिनु पर्ने हुन सक्छ । मनमा धेरै कुराहरु खेल्ने। छन् शारिरिक अस्वस्थता वा धपेडि हुन सक्ने छ । मन अशान्त रहने, र घटना र परिस्थितीहरु सोचे जस्तो नहुन सक्ने भएकोले सचेत रहनु पर्नेछ,
(२) वृष राशी
प्रतिकुल घटनाहरु हुन सक्ने सम्भावना रहेकोले सतर्क रहनु होला । कलह र विवादबाट सकेसम्म टाढा रहने प्रयास गर्नु पर्ने देखिन्छ, धनको खती वा दुरुपयोग हुने, हराउने, चोरी हुने वा अत्यधिक खर्च हुने सम्भावना छ । निरर्थक भयले सताउने अथवा स्वास्थ्यमा समस्या आउन सक्नेछ, विद्यार्थीहरुले अलि धेरै नै मेहनत गर्नु पर्नेछ भने व्यापार व्यवसाय र लगानीलाइ आज दिन राम्रो छैन ।
(३) मिथुन राशी
दिन शुभ रहनेछ, लाभकारक र सुखदायी बसाइ हुने, विलासिताका सामग्री जुटने वा भोग गर्ने सम्भावना छ , दिन मनोरन्जन र रमाइलोमा बित्न सक्नेछ, धन लाभ हुने, आरोग्यता प्राप्ति, मानसिक सुख तथा दाम्पत्य जीवन सोचेअनुरुप हुने योग छ, व्यापारी र व्यवसायीलाई पनि आज दिन राम्रो रहनेछ , लगानीलाइ दिन अनुकुल छ ।
(४) कर्कट राशी
भाग्यले साथ दिनेछ, आर्थिक लाभ, शारिरिक निरोगिता, विरोधिहरु माथि विजय प्राप्ति, कष्टबाट मुक्ति, मन सन्तुष्ट रहनु को साथै उत्साहवर्धक घटनाहरु घटन सक्छन । व्यवसायी, जागीरे र विद्यार्थीहरुलाइ दिन राम्रो रहने छ । व्यापार व्यवसाय र आर्थिक विषयमा आज दिन फाइदामूलक बन्नेछ ।
(५) सिंह राशी
दिन प्रतिकुल भइदिन सक्छ । चाहिएकै बेलामा ग्रहहरुले साथ छोडन सक्छन्, गरेका कार्यमा विध्न बाधाहरु आउने, सामाजिक प्रतिष्ठा वा छवि खराब हुन सक्ने । कसै कसैलाई अपमान सहनु पर्ने सम्मको अवस्था आउन सक्छ, मानसिक खिन्नताले आज दुखी बनाउन सक्छ, सकारत्मक सोच राखेर दिनलाई सहज बनाउनु होला ।
(६) कन्या राशी
ं
सावधानी अपनाउनुपर्ने खालको दिन छ । मानसिक चिन्ता बढने खालको दिन छ । आफन्त, बन्धुबान्धव वा नजीकका मान्छेहरु सँग कुरा नमिल्न सक्छ । शारिरिक पीडा तथा कष्टको साथै, धनहानी वा धन सम्पत्तिको कारणले तनावको वातावरण बन्न सक्छ, । खर्चमा वृद्धि हुने, रोगव्याधिले आक्रान्त पार्ने, मनमा एक प्रकारको डर लागिरहने अवस्था उत्पन्न हुन सक्छ । कलह बाट भने बच्ने प्रयास गर्नुहोला, व्यवसायीहरुले गतिरोधको सामना गर्नुपर्ने सम्भावना छ । लगानीलाइ दिन अनुकुल छैन।
(७) तुला राशी
दिन राम्रो रहने छ । जोश जाँगर र साहसमा बृद्धि, सकारात्मक सोचले सकारात्मक अवस्था ल्याउने संकेत दिएको छ । सोचे गरेको कार्यहरुमा सफलता मिल्नेछ, कस्मेटिक अथवा बस्त्र लाभ हुने वा खरीद गर्न मन लोभिने छ, धन लाभको साथै तथा स्वादिलो भोजनको प्राप्तिको योग बनेको छ । दाम्पत्य जीवन सुमधुर रहने, शत्रुहरु किनारा लाग्नेछन् । गृहिणी तथा विद्यार्थीहरुको लागि समय उत्तम छ, व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ । कसै कसैलाई ससानो मनोरन्जक अथवा लाभदायक भ्रमण हुन सक्ने सम्भावना पनि बनेको छ ।
(८) वृश्चिक राशी
दिन अनूकूल नहुन सक्छ । मनमा नाना प्रकारको सोच आउने, नैतिक मूल्य तथा मान्यतामा ह्रास आउन सक्ने, धन तथा कुटुम्ब हानीको योग भएकोले विशेष सावधानी राख्नुपर्नेछ । खर्चमाथि नियन्त्रण राख्न अति जरुरी छ नत्र धन संचयमा व्यापक कमी आउनेछ । कतैबाट आउन आँटेको पैसा रोकिन सक्छ । मनमा गलत विचारहरु सलबलाउने छन । बोल्दा होश नपुरयाएको खन्डमा परिस्थिती जटिल बन्न सक्छ । खानपानमा ध्यान दिनु पर्नेछ नत्र स्वास्थ्यमा गडबडी आउन सक्छ । लगानीलाई समय प्रतिकूल छ ।
(९) धनु राशी
भाग्यले सहयोग गर्ने दिन छ,, सकारात्मक विचार र उत्साहले मनोबल बढाउनेछ । नयाँ र महत्वाकाँक्षी विचारहरु लागु गर्ने बेला आएको छ, प्रयास गर्नु होला । कर्म क्षेत्रमा लाभ, कदर, मान सम्मान प्राप्ति हुने योग छ । सामाजिक छवि बढने वा अरुले तँपाइको कदर गर्नेछन । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा नयाँ शूरुवात गर्ने राम्रो समय आएको छ,
(१०)मकर राशी
दिन प्रतिकुल रहन सक्छ । आत्मविश्वासमा कमी आउने, गरेका कामको जस नपाउने, मानसिक अशान्ति, एन्जाइटी अथवा निद्रा सम्बन्धि समस्या आउन सक्छ, अनावश्यक खर्च, हानी नोक्सानीको सम्भावना भएकोले आज विशेष सावधानी अपनाउनुहोला । विद्यार्थीहरुको लागि भने समय राम्रो रहने छ, पढाई सम्बन्धि तथा प्रतियोगिता परीक्षा आदिको लागि दिन अनुकुल छ । व्यापार व्यवसायमा लाभ हुने बेला छ, आयात निर्यात सम्बन्धि व्यवसायको लागि दिन अनुकुल छ,
(११) कुम्भ राशी
दिन अनुकुल रहनेछ । शरिरमा जोश जाँगर बढने, आदर सत्कार पाइने, गरेका कार्यको उपलब्धि प्राप्त हुने, आर्थिक लाभ हुने । मित्र भेटको सम्भावना वा शुभचिन्तकहरुबाट फाइदा हुने खालको दिन छ । उत्तम भोजन, भोग विलास वा रमाइलोमा संलग्न हुनु पाइने योग छ, परिवार कुटुम्बबाट लाभ प्राप्त हुन सक्छ । कुनेै विशेष कार्य सम्बन्धमा प्रयास गर्नुभएको थियो भने ग्रहहरुले मदत गर्नेछन्, रोकिएका कार्यहरु बन्ने छन् वा गति लिनेछन् । लगानीको लागि समय उत्तम छ, परिवारको लागि पनि केहि खर्च हुन सक्ने खालको दिन छ ।
(१२) मीन राशी
दिन शुभ रहनेछ । ग्रहले ईच्छित फल पाउने बलियो सम्भावना लिएर आएको छ, गरेका कामहरु सम्पन्न हुने तिर उन्मुख हुनेछन । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोज्न मन लाग्नेछ ।। कार्य क्षेत्रमा मानसम्मान, यश प्राप्त हुने योग छ । कुनै पुरानो कुरा सम्बन्धि शुभ समाचार आउन सक्छ । आफू भन्दा जेठो अथवा आफूले मान्नु पर्नेहरुबाट सहयोग प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो रहनेछ, भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने समय छ । कसै कसैलाई भने कुनै कार्य सम्बन्धि धपेडि पर्ने वा व्यर्थको भ्रमण गराउन सक्छ ।