गुल्मीमा जिप दुर्घटना हुँदा ८ जना घाइते

गुल्मी,असार ९ । गुल्मीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
सत्यवती गाउँपालिका(६ खैरेनीबाट जोहाङ्ग तर्फ जाँदै गरेको लु २ च ३९६० नम्बरको जिप दुर्घटनामा परेको हो ।
घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनेमा जिपका चालक ३३ वर्षीय रणबहादुर गैरे रहेका छन् ।
उनलाई थप उपचारका लागि पाल्पा पठाइएको छ । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।