ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले छोटो अवधिमा के के काम गरे

काठमाडौं,असार ९। मंगलबार सर्बोच्च अदालतले दिएको अन्तरिम आदेशसंगै १९ दिन अघि स्वास्थ्य मन्त्री नियुक्त भएका शेरबहादुर तामाङ पदमुक्त भएका छन् ।

कोरोना महामारीकाबीच स्वास्थ्यको जिम्मेवारी सम्हाल्न आएका तामाङ निकै छोटो समयमा पदमुक्त हुँदा यस अवधीमा के के काम गरे होलान् भन्ने बारे सामाजिक सञ्जालमा चर्चा शुरु भएको छ।

मन्त्री तामाङले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले १९ दिनको अवधीमा प्राथमिकतामा चारवटा विषयलाई राखेको बताएका छन् ।

जसमा पहिलो नम्बरमा कोभिडबिरुद्धको खोप, दोस्रोमा सबै नेपालीलाई निशुल्क स्वास्थ्य उपचार गर्ने, तेस्रो सरकारी अस्पताललाई सुविधा सम्पन्न गराउने र चौथो गाँजाको औषधीय उपयोगको अनुसन्धानबारे ।

यस अघिका मन्त्रीहरुले जस्तै तामाङले पनि खोप केही दिनमा आउने बताएका छन् । तर उनले पछिल्लो राजनीतिक घटनाले खोप आउन ढिलो हुने र त्यसले जनताको जीवनमा तलमाथि हुने अवस्था आएमा नैतिक जिम्मेवारी आफूले लिने समेत दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *