राष्ट्रपतिले भन्नुपथ्र्यो–युआर नो मोर प्राइममिनिस्टर- वरिष्ठ अधिवक्ता कार्की

काठमाडौं,असार ९ । प्रतिनिधिसभा विघटन विरुधको अवसमा वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले राष्ट्रपतिले प्रधानमन्त्रीलाई ‘युआर नो मोर प्राइममिनिस्टर’ भन्नु पर्ने जिकिर गरेका छन् ।
प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि राष्ट्रपतिले पदमुक्त गरिदिनु पर्ने उनको जिकिर थियो ‘हाउसको कन्फिडेन्ट (विश्वासको मत) नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन् । बस्न दिनु हुँदैन’ उनको भनाई थियो ।
उनले थपे ‘प्रधानमन्त्रीको काम कारवाही समाधान गर्ने भन्दापनि अवरोध खडा गर्ने भयो । नैतिकता भएन । प्रधानमन्त्रीको पद खेलाँचीको पद हो ? नैतिकताको आधारमा राजीनामा पनि दिनु नपर्ने ?’