ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गुडिरहेको टिपरमा आगलागी

सिरहा,असार ९ l पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपरमा आज बिहान आफैं आगलागी हुँदा जलेर नष्ट भएको छ ।

इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको टिपरमा अचानक  आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा  आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।

समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिपर हटाउने र घटना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

दलित बस्तीमा सोलार बत्ती 

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले बिजुली बत्ती नपुगेको विपन्न दलित बस्तीमा सोलार बत्ती र जीविकोपार्जनका लागि हाँस वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले १४ दलित परिवारलाई एक थान सोलार प्यानल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर, स्विचलगायत सामग्री हस्तान्तरण गरे ।

यस्तै वडा नं २ पटना सोठियाइनका २५ र वडा नं ३ पोर्ताहाका २५ दलित परिवारलाई जीविकोपार्जनका लागि  गाउँपालिकाले हाँस पालन गर्न खोर र हाँसको दानासमेत वितरण गरेको छ ।

आर्थिक रुपमा विपन्न मुसहर समुदायको आर्थिक अवस्था  उकास्नका लागि विभिन्न सीपमूलक तालिमसँगै आयआर्जन गर्न हाँस, कुखुरालगायत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष यादवले बताए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *