ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुग्यो


मकवानपुर,असार ९ l मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ।

हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६८९ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

पहिले कोरोनाको सङ्क्रमण धेरै भए पनि अहिले भने घट्दै गएको छ । हेटौँडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमित धेरै जना देखापरेका छन् ।

जिल्लाका अरू नौ स्थानीय तहमा भने कोरोना सङ्क्रमण हेटौंडाको तुलनामा कम रहेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *