७५को उपधारा ५ अनुसार सरकार बनाउदाँ दलको ह्विप लाग्दैन- वरिष्ठ अधिवक्ता यादव

काठमाडौं,असार ९ । वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७५को उपधारा ५ अनुसार सरकार निर्माण हर्दाँ दलको समर्थन नचाइने जनाएका छन् ।
सर्वोच्च अदालतमा रिट निवेदकका तर्फबाट बहश गर्दै यादवले ७६को ३ सम्म दलको समर्थन चाहिने भए पनि त्यो भन्दा बाहिर गए त्यो नपर्ने उनको भनाई थियो ।
उनको भनाई छ -‘संविधानको धारा ७५को उपधारा ५ अनुसार सरकार निर्माण हर्दाँ दलको समर्थन धारा ७६ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउँछ । तर, उपधारा ५ मा दलको समर्थन चाहिँदैन ।
संविधानको धारा ७६(२) बमोजिमको कुनै सदस्य भनेको हुनाले त्यहाँ दलको समर्थन संविधानले खोजेको छैन। ७६ को उपधारा ५ अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन । ‘