ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललितपुर महानगरपालिकाले ७७ बर्षमाथिका नागरिकहरुलाई कोभिसिल्डको दोश्रो डोज दिदै

काठमाडौं,असार ९ । ललितपुर महानगरपालिकाले बुधबारदेखि ७७ वर्षमाथिका नागरिकहरुलाई कोरोनाविरूद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने भएको छ।

महानगरले ऐक सूचना जारी गर्दै बुधबारदेखि बिहान १० बजेदेखि ४ बजेसम्म दोस्रो मात्रा खोप लगाइने जनाएको छ ।

महानगरले ७७ वर्ष माथिका दुई हजार दुई सय २० जना र जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी जम्मा दुई हजार ५ सय जनालाई कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो।

वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले मात्रै खोप लगाउन पाउने छन्।
महानगरपालिकाले खोप लगाउन आठ वटा खोप केन्द्र तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *