ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार एपी वान टेलिभिजनकी स्वास्थ्य पत्रकार पौडेललाई

काठमाडौं ,असार ९ । सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार एपी वान टेलिभिजनकी स्वास्थ्य पत्रकार सुजिता पौडेल (सपना)लाई प्रदान गरिएको छ । प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले स्वास्थ्य पत्रकार मञ्च नेपालसंगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशी ३० हजार रुपैयाँ छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा स्वर्गीय देवकोटाकी छोरी डा. सुधा देवकोटाले उक्त पुरस्कार पत्रकार पौडेललाई हस्तान्तरण गरेकि छिन् । सो अवसरमा बोल्दै डा. देवकोटाले आफ्नो बाबाले लामो समय पत्रकारितामा बिताएको र बाबाकै कारणले पत्रकारिताको महत्व आफूले राम्रोसंग बुझेकोले बाबाको मार्गमा आफू कुनै रुपमा जोडिऔँ भनेर पत्रकारिता पुरस्कार स्थापना गरेको बताइन ।मेरो बाबाले पत्रकारिता सम्मानित पेशा हो भनेर हामीलाई बुझाउनु भयो । बाबाका हामी सबै सन्ततीले पत्रकारिताको महत्व बुझेका छौँ । अझ् स्वास्थ्य पत्रकारिता त झनै सम्वेदनशील विषय भयो । त्यसैले स्वास्थ्य पत्रकारहरुसंग सहकार्य गर्दै बाबाको स्मृतिलाई ताजा गराउन चाहन्छौँ । आज चौधौ स्मृति दिवसमा हामीले पुरस्कार प्रदान गर्न सफल भयौं । र अक्षयकोषमार्फत यसलाई निरन्तरता दिनेछौँ,’ उनले भनिन् ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रस्तावित सुदर्शन देवकोटा स्मृति फाउन्डेशनले स्वास्थ्य पत्रकारहरुको सम्मानका लागि सहकार्य गर्ने अवसर पाउँदा खुशी लागेको बताए । उनले मञ्च र प्रतिष्ठान मिलेर भविस्यमा पनि स्वास्थ्य पत्रकारहरुको हित र क्षमता अभिवृद्धि सम्वन्धी विभिन्न कार्यक्रममा हातेमालो गर्ने बताए ।

कार्यक्रममा बरिष्ठ पत्रकार उमेश चौहानले स्वर्गीय सुदर्शन देवकोटाको पत्रकारिता यात्राको चर्चा गर्दै पत्रकारिता सम्मानित र गर्व गर्न लायक पेशा हो है भनेर आफ्ना सन्ततीलाई छाप छोड्न सफल भएको बताए ।  

सुदर्शन देवकोटाको छोरा छोरी अहिले अर्कै पेशामा हुनुहुन्छ तर आफ्नो स्वर्गीय बाबुको पत्रकारिताका प्रेरणादायी कुरा, प्रशंग र प्रशंसा यति गर्नु हुन्छ कि, यसले पत्रकारिता क्षेत्र सम्मानित र गर्व गर्न लायक पेशा हो भन्ने प्रमाणित भएको छ । बाबाको नाममा प्रतिष्ठान खोल्ने, पत्रकारिता पुरस्कारका लागि अक्षयकोष निर्माण गर्ने, पत्रकारिता पुरस्कार वितरण गर्ने सन्ततीहरुको कार्यले यसलाई थप पुष्टि गरेको छ । हामी नयाँ पुस्ताका पत्रकारहरुले उहाँबाट शिक्षा लिएर अघि बढ्नु छ ।  उनले मञ्चसंगको सहकार्यमा स्थापित पुरस्कारले स्वास्थ्य  पत्रकारहरुलाई प्रोत्साहन र हौसला मिल्ने बताए ।

सम्मानित हुनुभएकी सुजिता पौडेल (सपना)ले पनि पत्रकारीता क्षेत्र आफैंमा एक चुनौतीपूर्ण पेशा भएको बताइन ।त्यसमा पनि टेलिभिजन पत्रकारीता जोखिम बढिभए पनि यो समयमा आफ्नो भुमिका महत्र्वपुर्ण रहेकोले जोखिमकै बाबजुद पनि आफ्नो जिम्मेवारी बाट टाढा नभइ काम गरेको बताइन ।उनले पत्रकारीता पेशाबाट छोटो समयमा नै आफू सम्मानित हुन पाउँदा थप हौसला र प्रेरणाका साथै थप जिम्मेवारी थपिएको बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *