ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली फुटवलकी स्ट्राइकर साम्बाको उपचार कतारमा

काठमाडौं असार ९ । नेपाली राष्ट्रिय फुटवल टिमकी स्ट्राइकर सावित्रा भण्डारी(साम्बा)को उपचार कतारमा हुने भएको छ । राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी साम्बाको उपचार कतारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको हो ।

 कतार फुटबल एसोसियसनको सहयोगमा सावित्राको उपचार दोहास्थित अस्पेटार अस्पतालमा हुने भएको हो  । सावित्रा चोटको उपचारका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने छिन् । सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ । उनको शल्यक्रिया गर्नु पर्नेछ ।

कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई सदस्य विमल घर्ति मगर र बिक्रम लामा पनि उपचार दोहामा गरिएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *