युरोकप फुटवल: इंग्ल्यान्ड र क्रोएसिया अन्तिम १६ मा प्रवेश
एजेन्सी, असार ९। युरोकप फुटवलको समुहचरण खेलमा इंग्ल्यान्ड र क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।
१६ औं संस्करणमा क्रोएसिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो ।
क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे ।स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।
त्यस्तै इंग्ल्यान्ड समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो ।