ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विद्यालय निर्माणका लागि २० कठ्ठा जग्गा दान

महोत्तरी,असार ८ l महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गरेका छन्। 

वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा जग्गा दान दिएका हुन्।

वर्दिबासमा अपाङ्ग विद्यालयका लागि आफ्ना करोड बढी मूल्य पर्ने जग्गा दान दिएकाेमा दुवै जना मनकारीलाई नगरपालिकाले धन्यवाद दिएको छ।यता अपाङ्ग बालबालिकाका लागि आफ्नै गाउँठाउँमा विद्यालय सञ्चालनमा आउने भएपछि स्थानीय निक्कै खुशी भएका छन्।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *