नेकपा विवादको भ्याकेन्टमा सर्वोच्चले दिएन अन्तरिम आदेश,दुवै पक्षलाई अदालत उपस्थित हुन आदेश

काठमाडौं,असार ८ । सर्वोच्च अदालतले नेकपाका दुवै पक्षलाई झिकाउन आदेश दिएको दिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमा अन्तरिम आदेश दिनुअघि सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउने आदेश दिएको हो ।
न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इवलासले यस्तो निर्णय गरेको हो ।
कर्णाली प्रदेशका चार जना सांसदले ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिमका प्रक्रिया पूरा गरेर भएको कारबाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो ।
यहि विषयलाई लिएर ओली पक्षले पुनरावेदन दर्ता गरेको थियो