ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु


बागलुङ,असार ८ l कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो । 

६८ वर्षीयको आज बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना भएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो ।

यस्तै उपचारकै क्रममा ज्यान गुमाएका बागलुङ–२ का पुरुषमा भने आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।कोरोनाको लक्षण देखिएपछि उहाँको सोमबार साँझ मात्रै स्वाबको नमुना सङ्कलन गरिएको थियो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको जनाइएको छ । जसमध्ये गत वैशाखयता शुरु भएको कोरोना महामारीको दोस्रो लहरमा मात्र ४१ जनाको मृत्यु भएको छ।(रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *