पायक पर्ने ठाँउमा परिक्षा दिने व्यवस्था गर्दै चिकित्सा शिक्षा आयोग

काठमाडौं,असार ८ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र रोज्न विद्यार्थीहरुलाई सुचना निकालेको छ ।
विद्यार्थीका लागि आगामी ९ गते परिक्षा केन्द्र सार्वजनिक गर्ने जनाएको आयोगले आफुलाई पायक पर्ने परिक्षा केन्द्र रोज्न आग्रह गरेको हो ।
आगामी असार ९ गते बिहान १० बजेदेखि असार १० गते अपरान्ह पाँच बजेसम्म आयोगको अनलाइनमा दिइएको केन्द्र मध्ये आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनोट गर्न आग्रह गरेको छ l
आयोगको अनुसार यो वर्ष विभिन्न विषयमा अध्ययनका लागि ३२ हजार आठ सय जनाले प्रवेश परीक्षाको लागि आवेदन भरेका छन् । एमबीबीएसका लागि ११ हजार तीन सय जनाले प्रवेश परीक्षाको फाराम भरेका छन् ।