ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोपा अमेरिका: चिली र उरुग्वेले बराबरी खेल्दाँ पाराग्वें माथी अर्जेन्टिनाको जित

एजेन्सी, असार ८ । कोपा अमेरिकामा चिली र उरुग्वेंले बराबरी खेल्दाँ अर्जेन्टीनाले पराग्वेंमाथी १-०को जीत निकालेको छ ।

मंगलबार भएको खेलमा अर्जेन्टिनाले पाराग्वेंलाई १-०ले पाराजित गरेको हो । एलेजेन्ड्रो गोमेजले अर्जेन्टिनाका लागि निर्णायक गोल गरे । जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ ।

अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ । पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ ।

समूह बी को खेलमा चिली र उरुग्वेले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दोस्रो हाफमा अर्टुरो भिदालले आत्मघाती गोल गरेपछि चिलीले अंक बाँडेको हो । बराबरीपछि चिलीले समूह ए मा ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा छ । उरुग्वेको २ खेलबाट १ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *