ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज असार ८ गते मंगलबार तपाईको राशिफल

आज मिति २०७८ साल असार ८ गते बार मंगलबार तदनुसार सन २०२१ जुन महिनाको २२ तारिख, जेष्ठ शुक्ल पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, विशाखा नक्षत्र, दादशी तिथी, सिद्धि योग, बालव करण, आज चन्द्रमा बृश्चिक राशीमा रहेको छ । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजेर १ मिनेटमा हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३८ मिनेटबाट १२ बजेर ३३ मिनेटसम्म रहनेछ  । आजको राहूकाल बेलुकाको ३ बजेर ३४ मिनेटदेखि ५ बजेर १७ मिनेटसम्म रहनेछ । राहूकालमा शुभ कार्यहरु वर्जित छन्

(१)मेष राशी

दिन समस्याग्रस्त हुन सक्नेछ यदि तँपाई आवेशमा आउनु भयो भने । आवेश र क्रोधको कारण तनाव र कलह हुन सक्छ । कार्य क्षेत्रसँग सम्बन्धित कुरामा वरिष्ठ अधिकारीहरुले खोट लगाउन सक्नेछन् । मानसिक धपेडि र चिन्ताले दिन बित्न सक्छ । अत्यधिक खर्च, धन हानी, मान प्रतिष्ठामा चोट पुग्ने, शत्रुहरु बढने, धर्मबाट रुचि हटने , बन्धुबान्धव तथा मित्रवर्गसँग विवाद, पारिवारिक तथा दाम्पत्य सुखमा कमी, व्यवसायमा बाधा जस्ता अनिष्ट फलहरुबाट अलि सावधान हुनु भएमा दिन सहज रहनेछ ।

२) वृष राशी

समय  अनुकुल रहने छ  । शत्रु बाधा हटने, गरेका कार्यहरुमा सफलता पाइने, धन लाभ, वाहन सुख, वैवाहिक सुख को योग बनेको छ , अचानक लगानीे वा धन प्राप्ति हुने , रति सुखमा रमाउन मन लाग्ने, पाहुना सत्कार र रमाइलो खानपानमा व्यस्त भइुने  हुन सक्छ । सन्तानको प्रगति, बन्धुजनबाट सुख मिल्नुको साथै मांगलिक कार्यहरु हुन सक्नेछन । प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, वैदेशिक कामकाज तथा व्यवसाय, आयात निर्यात को लागि समय अनुकुल रहने छ । कसै कसैलाई घरबाट टाढा जानु पर्ने अवस्था पनि बन्न सक्छ । खराब व्यक्तिहरुको सम्पर्क बाट भने जोगिनु होला, पत्नि तथा शुभचिन्तकहरुलाई चित्त नदुखाउनु होला ।

(३) मिथुन राशी

दिन अनुकुल रहनेछ । आत्मविश्वास बढनाले मन प्रफुल्ल हुने, अप्ठयारो कुराहरुमा विजय प्राप्त हुने,  अरुबाट आदर सम्मानको पाइने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, विरोधिहरु निस्तेज हुनेछन, घरमै आनन्द र रमाइलोमा समय बित्ने, आँटेको काम पुग्ने, गरेका कार्यहरुमा सफलता प्राप्त हुने योग छ । आर्थिक पक्ष बलियो हुने, धन आगमन सँग सम्बन्धित नयाँ स्रोेत फेला पर्न सक्छ । ऋण खोज्ने हरुको लागि रिन लाभ हुने योग चलेको छ प्रयास गर्नुहोला । व्यापार व्यवसायमा लाभ को साथै लगानीको लागि दिन राम्रो रहेको छ । विद्यार्थीहरुको लागि परिक्षा प्रतियोगीतामा राम्रो हुने बेला चलेको छ । अनावश्यक  व्यक्तिहरुसँगको सम्पर्कबाट टाढा रहनु पर्नेछ । अर्थात मूर्खहरुको भिडमा लिडर बन्ने काम कदापि नगर्नु होला । स्वास्थ्यको पनि विशेष ख्याल गर्नु पर्नेछ । 

(४) कर्कट राशी

दिन अनूकूल छैन, बिना कारण अलमलिएर समय बित्न सक्छ, शारिरिक दुर्बलता, आफन्त हानी, कुटुम्ब विवाद, मन अशान्त हुने, विवेक डगमगाउने, व्यर्थको श्रम, अनावश्यक खर्च, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने, शत्रुले दुख दिन सक्नेछन वा मित्रहरुको व्यवहार शत्रुवत् हुन सक्छ,। स्वास्थ्यमा समस्या आउने विशेषत शिर तथा पेटसम्बन्धि समस्या आउन सक्छ, सन्तानको तर्फबाट चिन्ता वा कष्ट पर्ने सम्भावना भएकोले आज सचेत रहनु पर्नेछ ा । घर बाहिर भ्रमणको योग रहेकोले यात्रा गर्दा सावधान हुनुहोला।

(५) सिंह राशी

दिन अनुकुल नहुन सक्छ , पहिले गरेका गल्ती अब नदोहोरयाउनु होला । मानसिक चिन्ता पर्ने, आफन्त तथा बन्धुजनलाइ पीडा, आर्थिक हानी, स्थाइ सम्पत्ति सम्बन्धि विवाद वा चिन्ताले सताउने, रोग वा भयले ग्रस्त भइने, शत्रु बाधा, मानहानी, स्थानहानी, अनावश्यक खर्च, दाम्पत्य जीवनमा उतारचढाव, व्यर्थको श्रम तथा कार्य असफल हुने योग भएकोले सावधानी अपनाउनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ ,बेसमयमा खाने र सुत्ने बानीले समस्या ल्याउन सक्छ, कसै कसैलाई शारिरिक कष्ट वा छाती सम्बन्धि समस्या बल्झन सक्छ, व्यवसायमा आज गतिरोध रहनेछ ।

(६) कन्या राशी

दिन लाभदायक रहनेछ । सोचेअनुसारको कार्य सिद्धि हुने, धन लाभ हुने वा आर्थिक स्थितिमा सुधार आउने छ । सामाजिक प्रतिष्ठा प्राप्त हुने अथवा अरुले तँपाइको कदर वा प्रशंसा गर्ने योग छ, शारिरिक स्वास्थ्य उत्तम रहने, दाम्पत्य सुख, मित्र सुख, शत्रु बाधाबाट मुक्ति, वस्त्र लाभ अथवा विशेष रुचिकर भोजन प्रति मन जाने, प्रयास गर्नु भएमा आज केही नयाँ सकारात्मक कुरा हुन सक्छ । नयाँ जिम्मेवारी वा पदको प्राप्तिको सम्भावना छ । वरिष्ठ तथा आफूले मान्नु पर्नेहरुको आशिर्वाद र सहयोग पाइने छ । कसै कसैलाई छोटो दुरीको यात्राको वा भ्रमणको अवसर पनि प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा लगानी गर्दा राम्रो छ । विद्यार्थीहरुको लागि समय सफलता दिने खालको रहनेछ,

(७) तुला राशी

मन आज दुविधाग्रस्त रहन सक्छ , व्यर्थको श्रम, धनको अपव्यय, कार्यमा बाधा, सोचेको काममा झंझट बेहोर्नु पर्ने वा विलम्ब हुन सक्नेछ, पारिवारिक सुखमा कमि आउने तथा मित्र तथा बन्धुहरुसँग मनमुटाव हुन सक्छ । केही कुराले चित्त दुख्ने अवस्था नआउला भन्न सकिन्न । अरुले तँपाइको यथोचित कदर नगर्ने र विवादित भइने योग चलेको छु । कसैले धोका दिन सक्ने वा अपमान हुन सक्ने सम्भावना भएकोले सचेत रहनु होला । बोलिको साथै खानपानमा आज अनुशासित रहनु पर्नेछ नत्र समस्या आउने छ । कसै कसैलाई भूmठो आरोप लाग्ने सम्भावना भएकोले विवादबाट भने आज सकेसम्म टाढा रहनु होला,  वरिष्ठ व्यक्तित्वहरुसँग सम्पर्क हुने सम्भावना पनि बनेको छ ।  लगानीलाई भने दिन प्रतिकूल छ,

(८) वृश्चिक राशी

दिन राम्रो छ, सकारात्मक विचार र उत्साहले मनोबल मा बृद्धि हुनेछ । भाग्यले साथ, लाभ, र मान सम्मान दिने योग छ  । राम्रा विचारहरु आउनेछन् । फरक खालको वा विशेष परिकार जन्य खानपीन हुनसक्ने, जमघटमा सरीक हुन पाइने योग छ, द्रव्य, लुगाकपडा वा कुनै जिन्सी सामान वा उपहार आदि प्राप्त हुन सक्ने सम्भावना पनि बनेको छ, दाम्पत्य सुख, घरायसी सुखमा ध्यान जान सक्ने, व्यवसायी वर्गलाइ राम्रो समय छ, मित्रबाट फाइदा हुने, विवाह सम्बन्धि कुराहरु चल्न सक्ने, कसै कसैलाई घरबाट अलि टाढा लाभदायक भ्रमण गर्नुपर्ने अवस्था पनि आउन सक्छ,

(९) धनु राशी

दिन अप्ठयारो खालको रहन सक्छ । अत्यधिक परिश्रम, शारिरिक शिथिलता र कष्ट हुने, विशेषगरि टाउको पेटसम्बन्धि समस्या आउने, पारिवारीक असमझदारीेको कारणले मानसिक अशान्ति र छटपटि बढन सक्छ । कसै कसैको विवेक हराउन सक्छ , गरेका निर्णयहरु गलत हुन सक्ने, कानुनी समस्याहरुमा अल्मिmनु पर्ने पनि हुन सक्छ । अचानक संकट,  शत्रु पीडा, धनको खती, मmृण लिनु पर्ने पनि हुन सक्छ सचेत रहनु होला । अनिद्रा, एलर्जी तथा मौसमी संक्रामक रोगहरुबाट जोगिनु पर्नेछ,  घाँटी भन्दा माथिको भागमा समस्या आउने वा त्यसले खर्च गराउन सक्छ । विद्यार्थीहरुको लागि भने समय राम्रो रहनेछ, विदेश सम्बन्धि कार्य गर्नलाई दिन उत्तम छ । वैदेशिक व्यापार आदिलाइ पनि समय शुभ रहने छ ।

(१०)मकर राशी

भाग्यले साथ दिनेछ, शुभ समाचार आउन सक्छ । आय आम्दानी बढन सक्ने वा नयाँ स्रोत फेला पर्न सक्छ, सोेचेको काम बन्ने खालकाृ दिन भएकोले इमान्दारीसँग प्रयास गर्नुहोला, अडकिएका कार्यहरुले गति लिने, मान सम्मान मा बृद्धि हुने, गरेका कार्यको उपलब्धि प्राप्त हुने समय चलिरहेकोले प्रयास गर्नुहोला ।  बन्धु तथा मित्र सुख प्राप्त हुने योग देखिएको छ, आरोग्यता को साथै धन धान्य को प्राप्ति हुने, भोग विलास र रमाइलो खानपानमा मन लोभिन सक्नेछ, मित्र भेट वा मित्र बाट फाइदा हुने सम्भावना छ । नयाँ कार्यको लागि योजना बनाइ अगाडि बढेमा दुरगामी लाभ मिल्ने योग छ । निवेशको लागि समय उत्तम छ ।

(११) कुम्भ राशी

दिन अनुकुल रहनेछ । प्रयास गरिरहनु भएको छ भने रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा सोचे  अनूरुप हुन सक्छ । कर्म क्षेत्रमा मानसम्मान, किर्ति यश प्राप्त हुने योग छ । ईच्छित फल पाउने बलियो सम्भावना छ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचारहरु आउन सक्छन् । पारिवारीक सुख प्राप्त हुने खालको दिन रहनेछ। पिताको सहयोग अथवा प्रशासनिक सहयोगले काम बन्ने योग छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नु होला । विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा सफलता मिल्नेछ ।

(१२) मीन राशी

समय अनूकूल नरहला । पारिवारिक सुखमा कमी आउने, सामाजिक क्षेत्रमा अपमान हुन सक्ने, छवि धूमिल पार्ने वा मान प्रतिष्ठामा धक्का पुरयाउने प्रयास हुनेछ । ग्रहहरुले साथ र सहयोग नदिएको जस्तो भान हुने,  धर्म कर्मबाट मन टाढिने । स्थाइ सम्पत्ति सम्बन्धि विवाद हुन सक्ने वा कुनै ठूलो इस्यू बिना नै मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने सम्भावना छ , विचार पुरयाउनु होला, सरकारी झमेला वा नसोचेको दोष लाग्ने तर्फ पनि हेक्का राख्नु पर्नेछ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधि को चपेटामा परिन सक्छ । वैदेशिक कामकाज सम्बन्धि कार्यको लागि भने आजको दिन शुभ रहने छ । केहीलाई छोटो दुरीको यात्रा को योग पनि बनेको छ । पार्टनरशीप तथा व्यवसायमा भने समस्या आउन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *