ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पोखरीमा डुबेर बालकको मृत्यु


प्युठान,असार ७ l प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ ।

घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत भएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *