ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पोष्ट कोभिड सिन्ड्रोम हेलचक्राइ गरे ज्यानै जान सक्ने

काठमाडौ,असार ७ l नेपालमा दोश्रो लहर सुरु भएसँगै पोष्ट कोभिड सिन्ड्रोमका बिरामीको संख्या बढेको छ ।

कोरोना मुक्त भइसकेपछी पनि विभिन्न किसिमका स्वास्थ्य समस्याहरु लिएर बिरामीहरु अस्पताल भर्ना हुने गरेका छन्। विभिन्न अस्पतालहरुले पोष्ट कोभिडको प्याकेज नै ल्याएका छन् । भने यसको समयमा पत्ता लगाउन नसके मानिसहको मृत्युसम्म हुन सक्ने चिकित्सकहरु बताउछन्।

पछील्लो केही साता यता कोराना संक्रमितको ग्राफ ओरालो लाग्दो क्रममा छ ।अहिले परीक्षणको दायरा पनि खुम्चायको छ । त्यसैले गर्दा पनि पछील्लो समय संक्रमणदर घटेको विज्ञहरु बताउछन् । संक्रमितको ग्राफमा कमि देखीएपनि कोरोना भइसकेका बिरामीहरुमा पवष्ट कोभिड सिन्डोम बढ्न थालेको उपचारमा संलग्न चिकित्सकहरु बताउछन् ।

पोष्ट कोभिड सिन्ड्रोम भनेको कोरोना भयर निको भएकाहरुमा निको भइसकेपछी पनि कोरोनाको जस्तै लक्षण देखीनुलाइ पोष्ट कोभिड भनिन्छ । पोष्ट कोभिड सिन्ड्रोम पहिलो लहरको भन्दा दोश्रो लहरका संक्रमितमा बढी देखीएको छ ।

कोरोनामुक्त भएका व्यक्तिमा पोस्ट कोभिड देखा पर्नसक्ने चिकित्सकहरु बताउछन्। अहिले नेगेटिभ नतिजा आएर घर फर्किएको हप्ता र महिना दिनमा नै सम्म स्वास्थ्यमा विभिन्नखालका समस्या देखिएका व्यक्ति अस्पतालमा आइपुग्ने गरेको चिकित्सकहरु बताएछन् ।

अहिले धेरै जसोमा कमजोर महसुस हुने,मांसपेशी कमजोर हुने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मुटुको चाल बढ्ने , मधुमेह नियन्त्रण नहुने र जोर्नी दुख्नुका साथै शरीर तातो महसुस हुने जस्ता लक्षणहरु धेरै देखीने गर्छ ।

कोरोनामुक्त भइसकेपछि पोस्ट कोभिडका कारण शारीरिक र मानसिक रुपमा अस्वस्थ हुँदा धेरै समस्या निम्तिने गरेको विशेषज्ञहरु बताउछन् । कोरोनामुक्त भइसकेपछि लामो समयसम्म लक्षण देखिएमा पोस्ट कोभिड हो वा अन्य कुनै स्वास्थ्य समस्या हो भन्ने बारे बेलैमा निर्क्यौल गर्नुपर्ने हुन्छ ।

कोरोनामुक्त भइसकेपछि केहीलाई निमोनियाका कारण श्वास फेर्न गाह्रो हुने भएकाले अक्सिजन नै चाहिन सक्छ तर शारीरिक रुपमै लामो समयसम्म अप्ठ्यारो महसुस भएको खण्डमा चिकित्सकसँग परामर्श लिन विज्ञहरुको सुझाव छ ।

यदी समयमा नै पहिचान गर्न नसके हृद्यघात,मृगौला फेल,मुटुमा खराबी,प्यारलाइसिस भइ मानिसको मृत्यु समेत हुन सक्ने चिकित्सकहरु बताउछन्।
पोस्ट कोभिड सिन्ड्रोम ६ महिनासम्म पनि देखिने भएकोले नआत्ती सावधानि अपनाउनु आवश्यक छ ।

पोस्ट कोभिड देखिएको एकरडेढ हप्तासम्म पनि निको नभए चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । पोस्ट कोभिडका कारण शारीरिक, मानसिक समस्या हुने भएकोले नियमित रुपमा शारीरिक अभ्यास गर्ने, योगाहरु गर्दै गएमा फाइदा पुग्ने चिकित्सकहरुले बताए ।

अहिले विश्वभर नै पोष्ट कोभिडका बिरामीको संख्या बढ्दो क्रममा रहेको छ । नेपालमा पनि नेपालमा पोस्ट कोभिड कसरी पहिचान गर्ने, उपचार तथा परामर्श कहाँबाट लिने भन्नेबारे अझै पनि अन्यौलता रहेको चिकित्सकहरु बताउछन्।

दोश्रो लहर सँगै पोष्ट कोभिडका बिरामीको संख्या बढेकोले विभिन्न अस्पतालहरुले पोष्ट कोभीड प्याकेज नै सुरु गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *