ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण ४६ जनाको मृत्यु ,२२९७ जनामा संक्रमण

काठमाडौ,असार ७ l स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरबाट कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाका कारण ८ हजार ७ सय ७२ जनाको मृत्यु भइसकेको छ भने कोनाबाट मृत्यु हुने प्रतिशत १ दशमलव ५ रहेको छ ।

आज देशभरबाट गरिएको पिसिआर र एन्टिजेन ‍परीक्षण १० हजार ९ सय ४ वटा नमुना परीक्षण ‍मा चौबीस घण्टामा २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुशार देशभर ३ हजार १ सय ३० जना कोरोना मुक्त भएसँगै कोरोना मुक्त हुने प्रतिशत ८९ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

देशभर संक्रिय संक्रमित संख्या ५३ हजार ९ सय ४० जना र क्वारेन्टिनमा ४ सय ४२ जना रहेका छन् ।

भने आसियुमा उपचारत ८ सय ११ जना र भेन्टिलेटरमा २ सय ३७ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *