२०३७ सालमा १ लाख रकम विनियोजन भएको चुहानडाँडा विमानस्थलमा अहिलेसम्म एक चप्परी माटो पनि खनिएन
सुवास निरौला,
आर्थीक वर्ष २०७८÷०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ताप्लेजुङको सुकेटार बिमान स्थलको नाम रविन्द्र अधिकारी विमानस्थल र तेह्रथुम आठराईको चुहानडाडाँ विमानस्थलको नाम आङछिरिङ शेर्पा विमान स्थल परिवर्तन गरेको जानकारी दिए ।
सरकारको यो घोषणा पछि स्थानिय स्तरमा विरोध सुरु भएको छ । विमान स्थलसंग संवन्ध नै नजोडिएको व्यक्तिको नामसंग विमानस्थलको नाम जोडेको भन्दै स्थानिय देखि जनप्रतिनिधि समेतले विरोध गरेका छन् । ताप्लेजुङमा ओली इत्तरका सात राजीतिक दल, ति दलका भात्रृ संगठन, संघ संस्था सबैले संयुक्त रुपमा निर्णय सच्याउन माग गरेका छन् । भने फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले नाम सुकेटारको नाम यथावत कायम गरिदिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।
उता तेह्रथुमको आठराई चुहानडाँडामा निर्माण नै सुरु हुन नसकेको विमान स्थल समेत सरकारी नियर्णका कारण विवादमा तानिएको छ । २०३७ सालमा १ लाख रकम विनियोजन भएपनि हालसम्म निर्माण हुन नसकेको विमान स्थलमानै राजनीति गरेको भन्दै स्थानिय जनप्रतिनिधि आक्रोषित छन् । आठराईलाई बुझ्ने सरकार आए नाम परिवर्तन हुनेमा आशावादी देखिएका जनप्रतिनिधि विमान स्थलको निर्माण चाडो होस भन्ने चाहन्छन् ।
चुहानडाँडाको स्थगत अवलोकन गरेर फर्कने क्रममा तत्कालिन पर्यटनमन्त्री अधिकारी र यति समुहका अध्यक्ष आङछिरिङ शेर्पा सहित ७ जना चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो । उनीहरुकै संझनामा नामाकरण गरेपनि स्थानिय पहिचान मेटन खोजेको भन्दै स्थानिय आक्रोषित बनेका हुन् । भने निर्माण नै नहुने हो कि भन्ने चिन्ताले उनीहरुलाई पिरोलेको छ ।
आठराई चुहानडाँडा थुम्की विमानस्थल निर्माणका लागि भएका प्रयासहरु
आठराई चुहानडाँडा थुम्की विमान स्थल निर्माण हुने हो भने तेह्रथुमबाट विमानका लागि विराटनगर, त्यस्तै पाचथरबाट ताप्लेजङ विमानस्थल सुकेटार वा झापाको भद्रपुर विमान स्थल पुग्ने झन्जट मेटिन्थ्यो । सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक रुपले सम्पन्न मानिएको आठराई लामो समय सडक पुर्वाधारको अभावमा बत्ति मुनिको अध्यारो जस्तै बन्यो । आफ्नै सदरमुकामबाट टाढा तथा पाचरथर सदरमुकाम हुदैं तम्मोर नदी छिचोल्दै आठराईसम्म सडक पुर्वाधार जोड्ने विषय आठराईका लागि आकासको फल जस्तै थियो ।
शैक्षिक चेत तथा राजनीतिक रुपमा समेत केही पहुच भएका युवाहरुले आठराई चुहानडाँडा थुम्की विमानस्थल निर्माणका लागि प्रयास गरे । २०३७ सालमा त्तकालिन पञ्चायत सरकारलाई निर्माणको ज्ञापनपत्रमात्र बुझाए र त्तकालिन सरकारबाट एक लाख रुपया विनियोजन गराउन समेत सफल भए त्यति बेला युवाहरु जसको नेतृत्व गरेका थिए । लक्ष्मीप्रसाद उप्रेती, देविप्रसाद थपलिया, चरण सिटौला र रामचन्द्र सिटौला लयागत
तर यति ठूलो प्रयास राजनीतिक दाउपेचका कारण एक बर्षमै तुहियो । आठराई र म्याङ्लुङको राजनीतिक खिचातानीका कारण बजेट विनियोजन भएको एक बर्ष पनि पुरा नहुदैं पञ्चहरुले सो एक लाख रकम सहित आठराई चुहानडाँडा थुम्की विमान स्थल म्याङलुङको सीकारी थुम्कीमा रुपान्तर गरिदिए । जसका कारण म्याङ्लुङ-आठराईको राजनीतिक धुर्विकरण अझ कठिन मोडमा मात्र पुगेन तेह्रथुमको विकासका आधार अडा हुन सक्ने दुई विमान स्थल आठराई चुहानडाँडा थुम्की र म्याङ्लुङ सिकारी थुम्की हालसम्मका लागि पूर्णविराम जस्तै बने ।
२०३७ सालबाट विमान स्थल निर्माणका पहलहरु विच विचमा भएपनि ठोस कदम चाल्न भने करिव डेढ दशक नै कुर्न पर्यो । २०५० सालमा तेजमान कन्दङ्वा अध्यक्ष तथा रामचन्द्र थपलीया सचिव रहने गरी आठराई चुहानडाँडा थुम्की विमानस्थल निर्माण पहलका लागि औपचारीक रुपमा समिति निर्माण भयो । उक्त समितिले केही पहल गर्यो तर ठोस उपल्व्धि भने हात लाग्न सकेन ।
सशत्र विदोह्र तथा २०६२-६३ को आन्दोलनका कारण राज्य ठूला योजना भन्दा टाढा पुग्यो जसका कारण आठराईका वासिन्दाको चिलगाडी चड्ने सपना जहाको त्यही रह्यो । मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर १० बर्षे लामो सशस्त्र द्वन्द्ध पछिको शान्ति स्थापना पछि आठराई बासीको सपनामा फेरी विउत्याउने प्रयास सुरु भयो र २०६८ कार्तिक १मा लक्ष्मी प्रसाद उप्रेती अध्यक्ष तथा रामचन्द्र थपलीया सचिव रहने गरी पुन: समिति गठन भयो । उक्त समितिले त्तकालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई भेटेर बिमान स्थल निर्माणका लागि आग्रह गर्यो । प्रतिनिधि मण्डलका सदस्य भिष्म थपलीया, शर्ण कन्दङ्वा र रामचन्द्र सिटौलासंग गरेको बाँचा अनुसार डा. भट्टराईले सर्वेका लागि टोली आठराई त पठाए । तर उनको प्रधानमन्त्री पद खोसिएजस्तै आठराईका स्थानियको हातबाट चिल गाढी चढ्ने सपन समेत खोसियो ।
पटक पटक आशाको दियो बल्दै निभ्दै गरेको देखेका आठराईका प्रतिनिधि हरेश खाने अवस्थामा भने थिएन्न् । उनीहरुले राष्ट्रिय राजनीतिमा पनि निर्णायक भूमिका खेलीरहेका नेताहरु वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले र अन्तरिम संविधानका मस्यौदाकार कृष्ण सिटौलालाई समेत संगै लिएर तत्कालिन प्रधानमन्त्री शुशिल कोइराला समक्ष डेलिकेशन लिएर पुगे २०७१ माघ २८ गते । विमान स्थल निर्माणका लागि हुन्छ भन्ने आस्वासन पाए पनि त्यो भन्दा बढि केही हात लाग्न सकेन प्रतिनिधिमण्डल समक्ष ।
तर त्यसको एक बर्ष नपुग्दै आठराई जनाताको आकाङ्क्षा पुरा हुने छाट नजिक देखिदै थियो । अघिल्लो पटक अर्थात शुशिल कोइरालासंग विमान स्थलका लागि डेलिकेसन टोलीको नेतृत्व गरेका केपीशर्मा ओली नेपालको प्रधानमन्त्री बनेका थिए । आठराई मै जन्मिएर आठराईलाई मायाँ गर्ने नेता त्यसमाथी कमन्यूष्ट आन्दोलनको आधार नर्सरी मानिने आठराईकै नेता प्रधानमन्त्री बन्दाँ विमान स्थल निर्माणको विषय धेरे टाढा थिएन । त्यसैले पुन: प्रतिनिधि मण्डल प्रधानमन्त्रीको सरकारी निवास बालुबाटार प्रवेश गर्न सफल बन्यो २०७२ साल पौस ३ गते ।
प्रतिनिधि मण्डलसंगको कुराकानी पछि प्रधानमन्त्री केपी ओलीकै पहलमा आठराई चुहानडाँडा थुम्की विमान स्थलका लागि डिटेल्स सर्वे संपन्न भयो । तर यो पटक पनि नेपाली राजनीतिको फोहोरी खेल आठराईका लागि अविसव्द भयो । केपी ओलीको प्रधानमन्त्रीको पद खोसिएसंगै विमान स्थल निर्माणको काममा समेत अल्प विराम लाग्यो ।
२०७३ भदौ १६ गते त्तकालिन प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई समेत भेटेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि २०७५ बैशाख १६ गते भेटेको थियो । ओलीको त्तकाल निर्देशन अनुसार नै तत्कालिन सस्कृति पर्यटन तथा नागरिक उद्ययन मन्त्री रविन्द्र अधिकारी आठराई चुहानडाडाँ थुम्की विमान स्थलको स्थलगत अवलोकनका लागि उक्त स्थानमा पुगेका थिए । विमान स्थल निर्माण कार्य त्तकाल अघि बढाउने आस्वासन दिएर ताप्लेजुङको पाथीभर दर्शन गर्दै काठमाडौं फर्केका अधिकारीको सोही दिन देह लिला समाप्त भयो ।
नेपाली कमन्युष्ट आन्दोलनको इतिहास बोकेका र कुनै न कुनै रुपमा नेपाली राजनीतिको मियो बनेका मदन भण्डारी, आर के मैनाली,सिपि मैनाली, केपी ओली, कृष्ण सिटौला जस्ता राजनीतिज्ञसंग प्रत्यक्ष संवन्ध जोडिएको आठराईको बिमान स्थाल निर्माण पहुच पुगेर पनि पहुच विहिन जस्तै बनेको छ । त्यतिमात्र हैन अधिकारी पछि आठराईसंगै संवन्ध जोडिएका योगेश भट्टराई विभागिय मन्त्री भएकै समयमा उनले विमान स्थलको क्षेत्रफल विकास सहितको प्रस्ताव लिएर आठराई पुगे । ट्विनेटर विमान हुदैं ५२ सिटे विमान अट्न सक्ने प्रस्ताव लिएर स्वयम विभागिय मन्त्री नै आठराई पुगे पनि पछिल्लो समय नाममा खडा गरिएको विवाद विमान स्थल निर्माण नै हुन नदिने प्रपञ्चत त हैन भन्ने आम आठराई वासीको मनमा प्रश्न उठेको छ ।
नीति तथा कार्यक्रममा समेत पर्ने आठराई चुहानडाँडा थुम्की विमान स्थल करिव ५ सय रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको हो । कुल क्षेत्रफल मध्ये ३ सय ६ रोपनीका १४ घर धुरीलाई मुआव्जा वितरण गर्न बाकीँ छ भने अन्य जग्गा केही सरकारी त केही सामुदायिक बन भित्र पर्छ । २०३७ सालमा एक लाख रकम विनियोनजन भएको विमन स्थल २०७८ सालमा पनि निर्माणका लागि एउटा इटा पनि नगाडीदाँ आठराईका वासिन्दाको मन कुडिएको छ ।