निषेधाज्ञा खुकुलो बनाएकै दिन कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो
काठमाडौं असार ७ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको पुष्टि गरेको छ ।
मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै नयाँ भेरियन्ट भेटिएको पुष्टी गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित ४८ नमुना परिक्षण गर्दाँ नयाँ भेरियन्ट भेटिउको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाई छ । ७४ मध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेशन भेटिएको हो ।
यो सँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयको भनाइ छ ।
