दोस्रो खोपका लागि अदालतको ढोका ढकढक्याउदैं जेष्ठ नागरिक
काठमाडौं असार ७ । फागुन २३ देखि चैत्र ३ गते सम्म सरकारले जेष्ठ नागरिकलाई पहिलो चरणको भेरोरेसेल खोप लगाएको थियो । तर उनीहरुको दोस्रो चरणको खोप कहिले लाउने भन्ने अझै कन्योल कायम छ ।
भारतसंग खरिद गरेको खोप अन्तिम समयमा भारतले नदिएको तथा कुटनीतिक पहलसमेत कम्जोर भएका कारण नेपालले खोप पाउन सकेको छैन । जसका कारण १३ लाख जेष्ठ नागरिक दोस्रो चरणको खोपको प्रतिक्षामा छन् ।
यसरी खोपको अन्योल भएपछि जेष्ठ नागरिकले सर्वोच्चको ढोका ढकढक्याएका छन् । ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार सर्वोच्चमा रिट दर्ता गराएका छन् ।
१२ हप्ताभित्र दोस्रो चरणको खोप लगाउनु पर्ने भएपनि उनीहरुकले अहिलेसम्म दोस्रो चरणको खोप पाएका छैनन् ।