मुस्ताङको भिडियो भाइरल भएसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट स्वास्थ्यकर्मीको उच्च प्रंसशा

काठमाडौ,असार ७ l कोरोना महामारीको जोखीम कायम रहेकै बिच बाढी पहिरोको जोखिम बढेको छ।
केहीदिन अघि सामाजीक सञ्जालमा मुस्ताङको लेतेको छाप्ताङ खोलामा भेल आएपछि स्वास्थ्यकर्मीले खोप वारी र पारी गरीरहेको भिडियो भाइरल भएसँगै अहिले यो दृशयले विश्वभरको ध्यान खिचेको छ ।
भारी वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले जलमग्न छ भने जनजीवन अस्तव्यस्त भइरहेको छ । कोरोना महामारीले आक्रान्त भइरहेको बेला अहिले कोरोना विरुद्धको खोप अभियानहरु पनि सञ्चालन भइरहेका छन ।
बर्षातका कारण नदिहरुको सतह बढ्दा विभिन्न स्थानमा आउजाउ गर्न गाह्रो भइरहेको अवस्था छ । केही दिन अगाडी बाढीका कारण आउजाउ गर्न नसक्ने अवस्था भएपछी मुस्ताङ लेतेको छाप्ताङ खोलामा भेल आएपछि स्वास्थ्यकर्मीले खोप वारी र पारी गरीरहेको भिडियो सामाजीक सञ्जालमा देखीरहेका छौं।
खोलाको वहाव बढ्दा ओहोर दोहोर गर्न सकिने अवस्था छैन र तर पनि स्वास्थ्यकर्मीहरु विभिन्न जुक्ति निकालेर सेवामा खटिरहेका छन् । यो प्रयासलाई सबैले प्रशंसा गर्दै उनीहरुको हौसला बढाइरहेका छन् ।
नेपाली सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा केही दिनअघि सार्वजनिक भएको स्वास्थ्यकर्मीहरुले खोलाको भेलका बीच लठ्ठीको सहायताले खोपको बाकसलाई तार्दै गरेको दृश्य यतिबेला विश्वभर चर्चा पाएको छ ।
कतिपय अन्तर्राष्ट्रिय मिडियाले समेत यसबारे समाचार बनाएका छन् । भने विश्व स्वास्थ्य संगठन डब्लूएचओका महानिर्देशक टेड्रोसले पनि मुस्ताङ जिल्लामा लठ्ठीको सहाराले खोप तार्दै गरेका स्वास्थ्यकर्मीहरुको भिडियो पोस्ट गर्दै स्वास्थ्यकर्मीहरुले समेत खोप नपाएकोमा चिन्ता व्यक्त गरेका छन् ।
भने ट्वीटरमा भाइरल बनेको मुस्ताङको उक्त भिडियोलाई रिट्वीट गर्दै टेड्रोसले स्वास्थ्यकर्मीको प्रशंसा समेत गरेका छन् ।
अहिले कोरोना महामारीको उच्च जोखिम त्यसमा पनि बर्खायाम भएकोले सरकारले स्थानिय स्तरमा रहेका स्वास्थ्य संस्थाहरुलाई सक्रिय बनाएको छ,स्वास्थ्य सेवा नियमित प्रवाह गर्न स्वास्थ्यकर्मीहरु कुनै प्रवाह नगरि सेवामा खटिरहेका छन् ।
खोपको विकास भएसँगै प्रारम्भिक दिनमा नै डब्लूएचओका महानिर्देशक टेड्रोसले खोपको समान वितरणमा गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । साथै खोपले गर्दा धनी र विपन्न देशबीच गहिरो खाडल हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह समेत गरेका थिए ।