सात महिनामा पनि खुलेन सुदुरपश्चिम विश्वविद्यालयको ताला

कञ्चनपुर असार ७ ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा लागेको ताला सात महिना वित्दा पनि खुल्न सकेको छैन । विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलगायत पदाधिकारी नियुक्तिमा मनपरी गरेको भन्दै विरोध गर्दै लगाएको ताला खोल्ने विषयमा उचित कदम नचाल्दाँ विश्वविद्यालयको काम कारवाही समेत प्रभावित बनेको छ ।
तालासंगै विश्वविद्यालयका पधादिकारीले प्रयोग गर्ने सवारीमा समेत रोक लगाएको नेविसंघले सवारी प्रयोग भने खुल्ला गरेको छ । विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दले विज्ञप्ति जारी गरी मंसिर १ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरूको सवारीसाधन प्रयोग खुला गरिएको जानकारी दिए ।
विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा भुषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टको कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेको थियो ।
सोही विषयलाई लिएर गत वैशाखदेखि नेविसंघले तालाबन्दी गरेको हो । बिना कारण उपकुलति र रजिस्ट्रारलाई छानबिनका नाउँमा हटाएको भन्दै पुनर्बहालीको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।
छ ।