ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सङ्खुवासभामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु

सङ्खुवास,असार ७ l सङ्खुवासभाको खाँदबारी नगरपालिका- ४, सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ ।

सेप्टिक ट्याङ्की भत्किएर खाँदबारी- ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ  र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो ।

गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचारका क्रममा आइतबार साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए ।

घाइते भएका दुवैलाई स्थानीयले तत्कालै उद्धार गरी जिल्ला अस्पताल ल्याएका थिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *