आफुनिकट केन्द्रिय सदस्यको राय लिदै देउवा, उपसभापति निधिको व्यवस्थापन देउवाका लागि कठिन बन्दै

काठमाडौं असार ७ । १४ औं महाधिवेशनको चटारोमा काँग्रेस सभापति देउवाले सकृयता बढाएका छन् । प्रदेश केन्द्रिय सदस्यसंगको छलफललाई तिव्र बनाएका सभापति देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन् ।
भदौं १६ देखि १९ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको काँग्रेस गर वा मरको अवस्थामा छ । भदौंमा पनि महाधिवेशन नगरे संवैधानिक प्रश्नको सामना गर्नु पर्ने भएका कारण पनि सभापति देउवा निर्धारीत मितिमा महाधिवेशन गर्ने र पार्टीको नेतृत्व आफ्नो पक्षमा पार्ने दाउमा छन् ।
सभापति देउवालाई यस पटक गुट प्रतिशपर्दा भन्दा बढि आफ्नै गुटको व्यवस्थापन सकसपुर्ण देखिएको छ । उपसभापति समेत रहेका देउवा गुटका प्रभावसाली नेता विमल्न्द्र निधिको सभापतिको आकाङ्क्षा देउवाका लागि टाउको दुखाई बनेको छ । यस्तो अवस्थामा देउवाले सकृयता बढाएका हुन् ।
शनिवार प्रदेश स्तरिय आफुनिकट केन्द्रिय सदस्यसंगबाट छलफल सुरु गरेका देउवाले आजपनि छलफललाई निरन्तता दिदैं छन् । आइतबार देउवाले बागमती र गण्डकी र शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए।