ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोपा अमेरिका: भेनेजुएला र इक्वेडरले बराबरी खेल्दाँ पेरुसंग कोलम्बिया पराजित

एजेन्सी,असार ७ । कोपा अमेरिका फुटबलमा पेरुले कोलम्बियालाई २–१ ले पराजित गरेको छ पेरुको जितमा सर्जियो पेनाले एक गोल गरे भने कोलम्बियाका यारी मिनाले आत्मघाती गाल गरेका थिए।

कोलम्बियाका मिगुएल ब्रोजाले एक गोल गरे। योसँगै पहिलो जित हात पारेको पेरु ३ अंकसहित समूहको तेस्रो स्थानमा छ भने ३ खेलबाट ४ अंक जोडेको कोलम्बियामा दोस्रो स्थानमा छ।

त्यस्तै अर्को खेलमा भेनेजुएला र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन्। समूह बी अन्तर्गतको खेलमा इक्वेडरका लागि ३९ औं मिनेटमा एरिटन प्रेसिएडो र ७१ औं मिनेटमा गोन्जालो प्लाताले गोल गरे।

भेनेजुएलाका लागि ५१ औं मिनेटमा एड्सन कास्तिलो र इन्जुरी समयमा रोनाल्ड हेर्नान्डेजले गोल गरे। समूहमा २ अंक जोडेको भेनेजुएला चाैथो र १ अंक भएको इक्वेडर पाँचाै स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *