ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज असार ७ गते सोमबार तपाईको राशिफल

आज मिति २०७८ साल असार ७ गते बार सोमबार तदनुसार सन २०२१ जुन महिनाको २१ तारिख, जेष्ठ शुक्ल पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, स्वाति नक्षत्र, एकादशी तिथी, शिव योग, भद्रा करण, आज चन्द्रमा तुला राशीमा रहेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजेर १ मिनेटमा हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३८ मिनेटबाट १२ बजेर ३३ मिनेटसम्म रहनेछ  । आजको राहूकाल बिहानकोे ६ बजेर ५४ मिनेटदेखि ८ बजेर ३८ मिनेटसम्म रहनेछ ।

(१) मेष राशी

दिन अनुकुल रहन सक्छ ।  विवाह, रोजगार, नोकरी अथवा व्यवसायको क्षेत्रमा मेहनत गरे अनूरुप  लाभ हुन सक्छ । मिष्ठान भोजनमा मन जाने, उत्तम स्वास्थय स्थिती रहने, घरायसी सुख प्राप्त हुन सकछ  विवादहरुमा अन्ततः तँपाइकै हात माथि पर्नेछ, विरोधिहरुको प्रयास खेर जानेछ, प्रयास  गरेको खन्डमा कतैबाट धन अथवा भौतिक सामाग्रीको प्राप्ति योग पनि बनिरहेको छ, सोसल मिडीया वा अनय प्लेटफर्ममा ख्याति वा चर्चा पाउनुको साथै अरुबाट मान कदर, माया प्रेम प्राप्त हुने सम्भावना छ । साझेदारी कार्यबाट लाभ लिन सकिने खालको दिन रहनेछ, विद्यार्थीहरुको लागि दिन सहज बन्नेछ ।

(२) वृष राशी

दिन शुभ रहने छ । विरोधिहरु किनारा लाग्नेछन् । स्वास्थ्य राम्रो रहने छ ।  आम्दानीको साथै आय  आर्जन को स्रोत फेला पर्ने वा रिन लाभ हुने योग छ, वाहन सुख, वैवाहिक सुखको साथै मान सम्मान आदर सत्कार प्राप्ति हुने खालको दिन रहन सक्छ । गरेका कामहरु सफल हुने समय भएकोले प्रयास निरन्तर जारी राख्नु होला । व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ,  पार्टनरशीप व्यवसायमा हुनेलाई फाइदाको दिन छ, वैवाहिक सुख तथा प्रेम सम्बन्धमा सुखद अवसरहरु पर्खेर बसेका छन्, पर्सनल इगो र बुझपचाई लाई आज त्याग्नुहोला । कसै कसैलाई रमाइलो खानपान भोग विलास मनोरन्जन र रति सुखमा विशेष रुचि जाग्न सक्छ । 

(३) मिथुन राशी

समयमै सचेत नहुनाले कामहरुमा अवरोध आउन सक्छन् ।  नकारात्मक उर्जाबाट बच्नु पर्ने दिन छ । बिध्न बाधाहरुले गर्दा विवश बनाइदिन सक्छ, मन अशान्त रहने, मुड बिग्रीएर झर्किने वा झोक्किने वा ठूस्किने अवस्था आउन सक्छ । धन वा सामान हराउने फुटने देखि अपमानको भागि हुनु पर्ने सम्मको योग देखिएको छ । कुनै विशेष वस्तु वा चाहनाको हकमा कता कता केही अभाव महसुस हुनेछ,  शरीरको स्वास्थ्य प्रणालीले आज गरिष्ट को साटो शाकाहारी भोजन मागिरहेको छ । अनावश्यक रुपमा बोल्ने वा वचन दिने काम आज नगर्नु होला ।

(४) कर्कट राशी

मन आज दुविधाग्रस्त रहन सक्छ । शारिरिक कष्ट वा कमजोरी महसुस हुनेछ, कार्यहरुमा बाधा हानीको सम्भावना छ, आर्थिक समस्याले गाँज्ने, पारिवारिक तथा घरायसी सुखमा कमी आउन सक्छ, बन्धु बान्धवलाइ पीडा हुने, खानपान तथा निद्रामा असुविधा हुन सक्छ, चिन्ता र बेचैनिले आत्मविश्वासमा कमी आउने सम्भावना छ, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुनसक्ने भएकोले सचेत रहनु होला, तर यदि चिनामा चन्द्रमा को दशा चलिरहेको छ भने शुभचिन्तकहरुको साथ र सहयोगले ठूलै काम बन्नेछ । नयाँ कामको प्रस्ताव पनि आउन सक्छ । धन आर्जन सोचे  अनुरुप  हुनेछ । टाढा हुनेहरुलाई आमाको यादले सताउने छ ,

(५) सिंह राशी

केहि कमजोर अनूभूति भएपनि दिन अनुकुल रहने छ, रोकिएका कामहरु बन्ने वा नयाँ काम शुरु गर्ने बेला आएको छ । निरोगिता प्राप्ति, मनमा प्रशन्न रहनेछ , घरायसी सुख तथा आदर सत्कार मा रमाउनु पर्ला । स्वादिलो खानपानमा मन जान सक्छ , धनलाभ हुने वा धनको सही ठाउँमा खर्च हुन सक्नेछ, मित्रहरुले सहयोग गर्ने छन, उद्योग व्यापार तथा उपभोग्य वस्तुहरुमा लगानि हुने खालको समय रहनेछ । बिग्रेको सम्बन्धहरु सुधार हुने योग बनेकोले प्रयास गर्नुहोला, वैदेशिक कामकाजमा लाभको सम्भावना छ ।

(६) कन्या राशी

तँपाइको दैनिकीमा केही परिवर्तन हुन सक्छ । उत्साहमा कमी आउने, व्यर्थको श्रममा अलमलिनु पर्ने , मानसिक चिन्ता थपिनुको साथै बोली वचन रुखो वा ठाडो हुन सक्छ । धन हानीको योग भएकोले विशेष सावधानी राख्नुपर्नेछ । भिडभाडतिर नजानु होला, केही सामान हराउन सक्छ ।  मनोरन्जनमा मन अलमलिनाले आफनो काम र लक्ष्यमा असर पर्नेछ । कतैबाट पैसा लिनु छ भने निकै प्रयास गर्नु पर्ने छ । पारिवारिक तथा घरायसी सुखमा कमि आउने सम्भावना छ । खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्छ । लगानीलाई समय प्रतिकूल छ । बोल्दा आज होश पुरयाउनु होला । क्रोध माथि नियन्त्रण आज जरुरी छ ।

(७) तुला राशी

भाग्यले हरेक कार्यमा साथ दिएको महसुस हुनेछ । कर्मको उचित प्रतिफल पाइने छ । जोश जाँगर र आत्मबल बढने छ । व्यक्तित्व निर्खादै नयाँ ढंगबाट कामहरु गर्ने अवसर प्राप्त हुनेछ । भोग विलास वा रमाइला पलहरुमा मन रमाउने छ ,  उपहार प्राप्ति, वस्त्र लाभ, आर्थिक लाभ तथा अन्य लाभकारी घटनाहरु हुन सक्नेछन । नसोचेको ठाउँबाट धन लाभ भइ मन हर्षित हुनेछ । मित्र तथा शुभचिन्तकहरुले सहयोग गर्नेछन् । प्रतिस्पर्धीहरु माथि विजय हासिल हुनेछ, सन्तानपक्षबाट सुख मिल्ने योग छ । अरुले तँपाइको प्रशंसा गर्न सक्नेछन । कसै कसैलाइ जागिरमा पदोन्नतिको वा मानसम्मान प्राप्तिको सम्भावना छ,  विद्यार्थीवर्गलाई समय राम्रो रहनेछ । व्यापार व्यवसाय र लगानीको लागि पनि दिन राम्रो छ ।

(८) वृश्चिक राशी

विगतका कमजोरीहरुलाई मूल्याकंन गर्नुपर्ने समय आएको छ । अशान्त चित्तले ग्रसित हुनुपर्ला, खर्च बढने, धन हानी हुने र आफन्तहरु चिढीन सक्ने सम्भावना भएकोले सचेत हुनु होला, नचिताएको मानसिक तथा शारिरिक कष्ट भोग्नु पर्ने सम्भावना छ, खानापानमा अरुची हुने वा अन्य खालका समस्या देखा पर्न सक्छन्, कार्यस्थलमा बिध्न बाधा र विलम्ब आउनेछ, नजीककाहरुले वा कुटुम्बहरुले भित्रभित्रै रिस गर्ने छन, मित्रहरुसँग सम्बन्ध विग्रने सम्भावना छ, सन्तान पक्षको विशेष ध्यान दिनुहोला, अल्छीहरुको लागि दिन खराब भएपनि मेहनतीहरुको लागि भने सहज हुनेछ ,

(९) धनु राशी

दिन शुभ रहने छ, आय वृद्धि सम्बन्धि सुगमता फेला पर्न सक्छ । स्थाई वस्तुहरुको प्राप्ति वा धन लाभको साथै मान सम्मान प्रशंसा प्राप्तिको सम्भावना छ , बन्धुसुख, स्त्रि सुख, मित्र सुख मिल्ने खालको दिन छ, कुटुम्बहरुसँग कुराकानी हुने अथवा उनीहरुले सहयोग गर्नुको साथै रमाइलो बसिवियाँलो हुने वा चाहे अनुसारको खानपान हुने सम्भावना छ, प्रयास गरेको खन्डमा गरेका कार्यहरुले सफलता र प्रशंसा दिलाउनुको साथै कसै कसैलाई नयाँ पद वा फरक जिम्मेवारी वहन गर्नुपर्ने बनाइदिन सक्छ, प्रेमी जोडीहरुको लागि रमाइलो दिन छ भने अविवाहितहरु हुनुहुन्छ भने कुरा अगाडि बढाउने राम्रो समय आएको छ, लगानीलाई दिन ठिक छ । विद्यार्थीहरुलाई ग्रहले साथ दिनेछ ।

(१०)मकर राशी

चिताएका कामहरुमा सफलता पाइने छ, प्रगतिका अवसरहरु आउने छन्, आर्थिक लाभ सम्बन्धि घटना हुने, आफ्नो दबदबा बढने वा नयाँ अधिकार प्राप्त हुनुको साथै, आँटेका गरेका कामहरु बन्नेछन, कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने, सामाजिक प्रतिष्ठा बढने वा अरुले तँपाइको कदर गर्ने समय छ, नयाँ नौलो विचारले तँपाइको आत्मविश्वास बढाउने छ फलस्वरुप नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ, परिवार, पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने, स्वास्थ्य राम्रो रहने, र आशा गरेकाहरुबाट सहयोग पाइनेछ ।, आज आफनो क्षमता र अधिकारको पूर्ण सदुपयोग गर्नु भएको  खन्डमा कुनै विशेष कार्य वा उद्देश्य पूरा हुने योग छ,  आज रमाइलो जमघट सहितको खानपानले मन प्रफुल्लित बनाउन सक्नेछ ।

(११) कुम्भ राशी

परिश्रम गरे अनुसार फल प्राप्त नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउने छ, मानसिक तनाव बढने, वादविवाद वा मनमुटाव भइदिने, धनको अनावश्यक क्षय हुने वा धन संचितिमा कमी आउने सम्भावना छ ।  आज अरुबाट पिडा कष्ट प्राप्त हुनुको साथै परिस्थितीको विवशता थुनिएको महसुस हुनेछ, नोेकरी गर्नेहरुलाइ माथिल्ला अधिकारीहरुबाट समस्या आउने वा विषम खालको अवस्था नआउला भन्न सकिँदैन, स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरुलाई हलुका रुपमा नलिनु होला । पेटसम्बन्धि कुनै पुरानो रोग छ  भने विशेष सावधान हुनु पर्नेछ। घाउ चोटपटक लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । खराब खालका बानी व्यवहारहरुबाट भने टाढा  रहनु पर्नेछ ।

(१२) मीन राशी

सावधान हुनु पर्ने दिन छ, कार्यमा बिध्नबाधाहरु आउन सकछन्, धन हानी वा धनको दुरुपयोग भइदिन सक्छ, व्यर्थको श्रम र मानसिक चिन्ताले तनाव बढाइदिनेछ । पारिवारिक कलह तथा मनमुटावको अवस्था पनि देखिएको छ ।  शारिरिक पीडा, मानसिक अस्थिरता, विश्वासघात, कष्टदायी भ्रमण दुर्घटना तथा घाउचोटपटक को पनि सम्भावना छ, बोलिको कारणले बनिसकेको काम विग्रन सक्छ । कुनै नराम्रो घटनामा भाइरल हुने वा अरुको षडयन्त्रमा फसिने सम्भावना छ । सचेत रहनु होला,

Leave a Reply

Your email address will not be published. Required fields are marked *