ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिराले पुरियो ट्रक

म्याग्दी: बेनी–जोमसोम सडकअन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ।

मुस्ताङको जोमसोममा सामान पुर्‍याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको पहिरोले पुरिएर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिलोमा फसेको ट्रकका निकाल्ने प्रयास गर्दागर्दै माथिबाट खसेको पहिरोले पुरिएको थियो।चालक र सहचालक सकुशल छन् ।यो ट्रक बेनीको न्यु मुक्तिनाथ हार्डवयर एण्ड सप्लायर्सको हो । सडक माथिबाट खसेको पहिरोले ट्रकको पूरै भाग पुरिएर क्षत्विक्षत् भएको छ।प्रहरीका अनुसार ट्रक अझै पहिराले पुरिएकै अवस्थामा रहेको छ।

केहीदिन अघि अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीको रुप्से झरनामा दुई दिनसम्म एउटा स्कार्पियो जीप फसेको थियो । पहिरोमा फसेको जिप तेस्रो दिनमा कालीगण्डकीमा खसेर बगाएको थियो।

रुप्सेको सडक आइतबार खुलाइएको छ । भुरुङ–तातोपानीको नागढुङ्गामा कालीगण्डकीले सडक र तटबन्ध बगाएपछि अवरुद्ध छ।यसैगरी रघुगङ्गा गाउँपालिकाको चमेरेमा शनिबार राति खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *