ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्मार्ट नेपालको डिजिटल खुला कविता प्रतियोगिता शिर्षक: “विपत्ती राजनीति अनि देश”

काठमाडौं,असार ६ । स्मार्ट नेपाल युथ आर्गनाईजेशनले डीजीटल खुल्ला कविता प्रतियोगिता संचालन गर्ने भएको छ ।

सामाजिक सेवामा सक्रिय रहँदै आएको आर्गनाईजेशनले “विपत्ती राजनीति अनि देश” शिर्षकमा प्रतियोगिता संचालन गर्न लागेको हो ।

महामारीमा राजनीतिक दल तथा राजनीतिक नेतृत्वको भुमिकालाई कसरी लिन सकिन्छ र देश विकास गर्न के गर्न सकिन्छ युवाहरुको राजनीति प्रतिको दृष्टिकोण कस्तो छ यिनै विषय खोज्नु कार्यक्रमको उदेश्य रहेको छ ।

उक्त डीजीटल खुल्ला कविता प्रतियोगितामा उत्कृष्ट १० कविता द प्रेस अनलाईन मिडियामा छापिने छ । काविता पठाउँदा सहभागीले आफ्नो अस्थायी स्थायी नाम सहित पुरा ठेगाना पठाउनु पर्ने छ ।

प्रतियोगिता असार ६ गतेदेखी असार १२ गतेसम्म स्मार्ट नेपालको ईमेलमा तथा भाईबर वाट्स एपमा पठाउन सकिने छ ।

असार १५ गते नतिजा प्रकाशन हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *