घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङ,असार ६ l घुससहित सहायक वन अधिकृत पक्राउ गरेका छन्।
धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार नगदसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो।
वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ।(रासस)