ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खोप ल्याउने पहल नै अन्यौलमा

काठमाडौ,असार ६ l पछिल्लो समय कोरोना विरुद्धको खोप सहयोग लागी राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ दोस्रो साता विभिन्न देशका प्रमुखलाई पत्राचार गरेकी थिइन् । तर खोपको लागी सकरात्मक कुरा आएको बताए पनि चीनबाहेक कुनै पनि देशबाट खोप अहिलेसम्म ल्याउन सकेको छैन ।

कोरोना महामारीले विश्वलाइ नै आक्रान्त बनाइरहेको बेला अहिले खोप सहज रुपमा उपलब्ध हुन सकेको छैन् । सिमित उत्पादक कम्पनि विश्वलाई नै खोपको आवश्यक हुदा अहिले खोप अभावमा खोप अभियान नै स्थगीत गर्नु परेको अवस्था छ ।

अहिलेको आवश्यकता खोप भएकोले पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी कोभिडविरुद्धको खोपका लागि सक्रियता देखाउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ दोश्रो साता चीनियाँ समकक्षी राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गर्दै खोप आपुर्तिका लागि सहजीकरण गरिदिन अपिल गरिन् ।

त्यसलाई स्वीकार गर्दै सीले नेपाललाई १० लाख मात्रा खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेसँगै आपुर्तिको प्रकृयासमेत शुरु भएको छ । त्यस्तै, राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई खोप सहयोग गर्न अनुरोध गर्दै पत्र लेखिन् । जसको जवाफ आउन बाँकी छ ।

यता बेलायतकी महारानी एलिजाबेथ द्वितीय र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि पत्र पठाएकी राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि पत्रमार्फत् खोप सहयोगका लागि आग्रह गरेकी छिन् । तर सबैले सकरात्मक प्रतिक्रिया दिए पनि हालसम्म कुनै पनि देशबाट खोप उपलब्ध भएको छैन्।

अहिले खोप नै महत्त्वपुर्ण भएकोले स्वास्थ्य मन्त्रालयले पनि आफ्नो पहलबाट विभिन्न देशहरुसँग समन्वयन गरीरहेको बताएको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स परियोजनामार्फत अमेरिकाले विश्वव्यापी रुपमा कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

राष्ट्रपति बाइडेनले नेपाललगायत विभिन्न एसियाली मुलुकलाई करिब ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । तर कुन मुलुकलाई कतिकति डोज खोप उपलब्ध गराउने भन्ने कुराचाहिँ खुलाइएको थिएन । त्यस्तै बेलायत सरकारले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप निःशुल्क दिने बताएको थियो ।

बेलायतको उपल्लो सदनले नेपाललाई २० लाख डोज खोप दिने निर्णय गरेको थियो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा त्यहाँको संसद्ले खोप दिने निर्णय गरेको बताइएको थियो । डेनमार्क सरकारले पनि नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने बताएको थियो ।

तत्कालीन परराष्ट्रमन्त्री प्रदिप ज्ञवलीले पनि केही समय पहिला खोपका लागी अमेरीका ,चीन,बेलायत र रुष लगायतका देशहरुमा खोपका लागी पहल भइरहेको र केही समयमा नै शुभसमाचार आउन सक्ने र मन्त्री ज्ञवालीले यो वर्षको अन्त्यसम्म लक्षित समूहलाई खोप दिनका लागि खरिद प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभएको थियो तर अहिलेसम्म कुनै पनि मुलुकबाट खोप आउने अत्तोपत्तो छैन्।

जेष्ठ १६ गते स्वास्थ्य पत्रकार मञ्चले खोपबारे आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै परिवार कल्याण महाशशाखाका प्रमुख डा तारा नाथ पोखरेलले सरकारले निधार्ण गरेको समयावधी भन्दा पछाडी गइसकेकोले समयमा नै खोप उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् ।

भारतमा १६ हप्तासम्ममा पनि खोप लगाउँदा त्यसको प्रभावकारीता शुन्य हुँदैन र रोगबाट बचाउन मद्दत पुर्‍याउँछ भन्ने तथ्यहरु पुष्टि भएको भन्दै सरकारले खोप लगाउने समयावधी परिवर्तन गरेर अहिले १६ हप्ता पुर्याएको छ । तर अहिलेसम्म खोप ल्याउने कुनै तयारी गरेको देखीदैन ।

सरकारले फागुन २३ गतेबाट ६५ बर्ष माथिका जेष्ठ नागरीकहरुले समयमा नै दव। डोज खोप दिन नसक्दा फेरी पुन डब्बल डोज खोप लगाउनु पर्ने अवस्था देखीएको छ । सरकारले खोप समयमा उपलब्ध गराउन नसकेपछी पटक पटक खोप लगाउने समयावधी सार्दै लगेको छ । अब १४ लाख नागरीकले खोप कहिले पाउछन् त्यो अझै एकिन छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *