ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

फाइल फोटो

बैतडी,असार ६ l छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।  

राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।

धरमघरमा आज दिउँसो १ः०० बजे र ढिकगाडमा बिहान साढे ८ः०० बजेदेखि सडक  सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन बिष्टले जानकारी दिए।

पहिराले ढिकगाडमा गए राति १ः०० देखि र धरमघरमा बिहान ८ः०० बजेदेखि सडक अवरुद्ध भएको थियो। अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकाले ती स्थानमा अझै पहिराको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोति बमले जानकारी दिए ।

यसअघि शनिबार अपराह्न पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा करीब दुई घण्टापछि खुलेको थियो।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *