ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भिरबाट खसेको ढुङ्गाले लागेर बाजुरामा एक जनाको मृत्यु

बाजुरा,असार ६ l बाजुराको जगन्नाथ गाउँपालिका- ३, घोटकन्यामा कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गाले लागेर आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

हिमाली गाउँपालिकाका- ४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको साउँदले बताए । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *