ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

थुनिएको पानी चीनीया पक्षले खोलेसंगै तामाकोशीमा पानीको बहाव बढ्यो

काठमाडौं असार ६  । तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले खोलेको छ । जसका कारण तामाकोशीको तटीय क्षेत्रमा पानिको बशाब बढेको छ भने  तत्कालको जोखिम टरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तामाकोशी ड्यामको अहिले चारवटा ढोका खोलिएको छ । तामाकोशीमा बिहान साढे ५ बजे गरिएको मापनमा जलसतह १९७९.८ रेकर्ड गरिएको र पानी डिस्चार्ज २६० घनमिटर प्रतिसेकेण्ड रहेको डिएसपी दोलखाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

चीनको टिंग्री काउन्टीको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको जानकारी चिनियाँ पक्षले गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *