ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युरोकप:पोल्याण्ड-स्पेन र फ्रान्स-हंगेरीले बरावारी खेल्दाँ साविक विजेता पोर्चुगलमाथी जर्मनीको सानदार जीत

एजेन्सी, असार ६ । युरोकप  फुटवलको १६औं संकरणको गएरातिका खेलमा शक्तिशाली मानीएका फ्रान्स र स्पेन पोल्ण्डर र हंगेरीसंग बारावरीमा रोकिदाँ जर्मनले साविक विजेता पोर्चुगललाई ४-२ गोल अन्तरले पराजीत गरेको छ ।

समूह चरणको दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

सुपुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए ।

अर्को खेलमा पेनाल्टीमा चुक्दा स्पेन पोल्णाण्डसंग बरावरीमा रोकियो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाए पनि यसलाई सदुपयोग गर्न नसक्दा बरावरीमा रोकियो । जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

अर्को खेलमा भने साविक विजेता पोर्चुगलमाथि जर्मनले  सानदार जित निकाल्यो  । म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गर्यो । जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे ।

जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *