ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज असार ६ गते आइतबार तपाईको राशिफल

आज मिति २०७८ साल असार ६ गते बार आइतबार तदनुसार सन २०२१ जुन महिनाको २० तारिख, जेष्ठ शुक्ल पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, चित्रा नक्षत्र, दशमी तिथी, परिघ योग, कौलव करण, आज चन्द्रमा तुला राशीमा रहेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजेर १ मिनेटमा हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३८ मिनेटबाट १२ बजेर ३३ मिनेटसम्म रहनेछ  । आजको राहूकाल बेलुकाको ५ बजेर १७ मिनेटदेखि ७ बजेर १ मिनेटसम्म रहनेछ । राहूकालमा शुभ कार्यहरु वर्जित छन्

अब आजको राशीफलतिर

(१) मेष राशी

दिन अनुकुल रहनेछ, साझेदारी कार्यमा लाभ मिल्नेछ, मनोरन्जन, रति सुख वा पाहुना सत्कारमा समय बित्न सक्ने सम्भावना छ, कतैबाट धन अथवा कुनै सामाग्रीको प्राप्ति योग पनि बनिरहेको छ, सकारात्मक हुनुभयो भने आज मित्र तथा नजिकका व्यक्तिहरुबाट स्नेह, सदभाव र सहयोग पाइने अथवा आफूले अभिव्यक्त गर्न सकिने सम्भावना छ । कसै कसैलाई मागंलिक कार्यमा सहभागी हुनु पर्ने वा भ्रमण गर्नुपर्ने अवस्था पनि आउन सक्छ, दाम्पत्य जीवनमा आइरहेका अप्ठयाराहरुलाई आज समाधान गर्ने अवसरको रुपमा लिनुहोला, अविवाहित हुनुहुन्छ भने विवाह सम्बन्धि कुराहरु चलाउन उपयुक्त समय आएको छ । व्यवसायी वर्गलाइ भने दिन राम्रो रहनेछ,

(२) वृष राशी

दिन शुभ रहनेछ । आत्मविश्वास बढने, मन प्रफुल्ल हुने, कार्य सफलता, शत्रु पीडाबाट मुक्ति,  आदर सम्मान तथा वस्त्रलाभ गराउनुको साथै आफ्नै घरमा आनन्दमय वातावरणमा रमाइलो जमघट वा मिठो भोजन सहितको बसिबिँयालो हुने सम्भावना छ, धन आगमन हुने वा आर्थिक लाभ सम्बन्धि कुनै कार्य हुने सम्भावना छ, तर यदि यसको विपरित र प्रतिकुल घटनाहरु भएमा एकचोटि चिना भने देखाउनु होला ।

(३) मिथुन राशी

दिन आफूले सोचेजस्तो अलि नहुन सक्छ । केही अवसरहरुले पछयाएपनि चुनौतिहरुले बाट छेक्नेछन् । काम गर्दा निकै होश पुरयाउनु पर्नेछ । ज्यादा नआत्तिकन र नडराइकन अगाडि बढनु पर्ने खालको दिन छ । लक्ष्यलाई पछ्याउन बुद्धिको निकै प्रयोग गर्नु पर्नेछ । आज मन अस्थिर रहने भएकोले कामहरुमा अवरोध आउने वा बिचैमा छोडनु पर्ने पनि हुन सक्छ । तँपाइको अधिकार क्षेत्रमा गुम्न  सक्ने सम्भावना भएकोले सावधान रहनु होला । रिस गर्नेहरुको बाढी आउन सक्छ । सन्ततीको लागि केही खर्चहरु हुन सक्छन् । शारिरिक शिथिलता, कमजोरी लगायत अन्य खालको स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना भएकोले सचेत रहनु होला, बोलीलाई भने काबुमा राख्नु होला ।  आफनो योग्यता र क्षमताले मात्र तँपाइलाई जोगाउन सक्छ ।

(४) कर्कट राशी

विश्वास गरेकाहरुले निराश गर्नेछन् , धन, स्थाइ सम्पत्ति वा आर्थिक कुराहरुसँग सम्बन्धित समस्याहरुले सताउने सम्भावना छ, कार्य हानी, मानहानी, स्थानहानी को योग भएकोले सतर्क रहनुहोला ।  घरेलु झगडा, आफन्त तथा बन्धुजनलाइ पीडा, चोटपटक जस्ता कुराहरु हुन सक्छन्, आज विवादबाट सकेसम्म बच्ने प्रयास गर्नुहोला । स्वास्थ्य विशेष ख्याल गर्नुपर्नेछ, भोजन तथा निद्रामा असुविधा हुने सम्भावना छ,  मित्र घात वा अनावश्यक खर्च आजको मूख्य समस्या बन्न सक्छ ।

(५) सिंह राशी

भाग्यले साथ दिनेछ । पराक्रम बढने, कार्यहरु सफल हुने, आर्थिक पक्षमा सुधार देखा पर्ने, धन, द्रव्य, वस्त्र लाभ वा खरिद हुने, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ अथवा मान प्रशंसा पाइने, नोकरीमा पदोन्नति वा स्थाननन्तरण वा कामको सिलसिलामा भ्रमण हुने सम्भावना छ । स्वास्थय स्थिती राम्रो रहने र दीर्घ रोगिहरु हुनुहुन्छ भने निरोगिता प्राप्त हुने योग छ।  सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, चिताएको मित्र तथा स्त्रिवर्गबाट सहयोग तथा सुख पाइने बेला आएको छ । दाम्पत्य सुख तथा प्रेम सम्बन्धको  लागि समय राम्रो छ । विवाह सम्बन्धि सुखद कुराहरु हुन सक्छन् । आफुभन्दा कम उमेरकाहरु बाट भने बच्नु होला ।

(६) कन्या राशी

दिन अनुकुल बनाउन मेहनत गर्नु पर्नेछ , आत्मविश्वास पुरै नडगमगाए पनि मानसिक दुविधा र चिन्ताले मन विचलित हुन सक्नेछ । कहाँ जाउँ के गरौं भन्दै मन दोसाँधमा उभिने छ । अरुको दबाब र प्रभावमा बस्नु पर्ने अवस्थाले भित्रै भित्रै उकुसमुकुसको वातावरण बन्न सक्छ । धन तथा स्वास्थ्यको विशेष ख्याल गर्नु होला । शरिरमा कमजोरीको महसुस हुन सक्छ । आँखा मुख अनुहार आदिमा समस्या आइदिन सक्छ । घाउचोटपटकको सम्भावना भएकोले सावधान रहनु पर्नेछ । नयाँ कार्यको थालनी आज नगरेमा राम्रो । गर्नै परेमा विशेषज्ञ तथा विश्वासिलो सहयोगीको राय सल्लाह लिनु भएमा उत्तम हुनेछ । खर्चमाथि नियन्त्रण  जरुरी छ । खानपान तथा बोलिको कारणले समस्या निम्तिने कुरामा हेक्का राख्नु होला ।

(७) तुला राशी

दिन लाभदायक रहने छ । सानो प्रयत्नले पनि उपलब्धि हासिल हुने खालको दिन बन्न सक्छ । प्रतिष्ठा बढने वा अरुबाट आदर मिल्ने सम्भावना छ  । मनमा दुविधा रहेपनि नियन्त्रण कायम गर्न सफल भइनेछ । ईच्छाशक्तिमा अत्यधिक वृद्धि हुन सक्छ । आफनो क्षमता र सीपलाई सदुपयोग गरेको खन्डमा छोटै समयमा चिताएको काम सम्पन्न हुने सम्भावना छ   स्वादिष्ट भोजन प्रति मन लालायित बन्न सक्नेछ  वा आज तँपाइको जिब्रोले अलि स्वादिलो खान खोज्नेछ । शत्रु पक्ष कमजोर हुनेछन । तँपाइका प्रशंसक बढने खालको दिन हुनुको साथै सोसल मिडीयामा रमाइलोसँग समय बित्नेछ । सार्वजनिक तथा सामाजिक क्षेत्रमा संलग्न हुनेहरुको लागि दिन राम्रो छ । राजनितीमा लाग्नेहरुलाई सकारात्मक दिन रहन सक्छ । परिवारिक सदस्य तथा बन्धु बान्धव बिच भएका पुराना खटपटहरुलाई समाप्त पारी नयाँ पहल गर्नलाई दिन शुभ छ । धर्म कर्म योग वा अध्यात्ममा लाग्ने हरुका लागि दिन राम्रो रहनेछ । प्रेमीहरुको लागि दिन शुभ रहनेछ । विद्यार्थीहरुको लागि पनि दिन राम्रो छ । ।

(८) वृश्चिक राशी

मेहनत अनुसार उपलब्धि नभइदिन सक्छ, आत्मविश्वासमा कमी आउने । गरेका कार्यहरुमा बाधा, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुनेछ । आलस्य वा थकानले पनि सताउन सक्छ, हानी नोक्सानी, मानसिक अशान्ति, शारिरिक कष्ट, आलस्य बढने खालको दिन छ । पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने अवस्था पनि आउन सक्छ, घाउ चोटपटकको हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट जोगिनु पर्ने दिन छ । विद्यार्थीहरुको लागि समय अपठ्यारो छ ।

(९) धनु राशी

दिन राम्रो छ । प्रयास गरेको खन्डमा चिताएको कुरा सम्पन्न हुन सक्छ । आर्थिक पक्ष बलियो बन्ने, व्यापारमा पर्याप्त लाभ, सन्तानपक्षबाट खुशी प्राप्त हुने, विशेष रमझम र खानपानमा सहभागी भइने, मित्र तथा बन्धुबान्धवहरु बिच रमाइलोमा समय बित्नेछ, स्वास्थ्य पक्ष राम्रो हुनेछ, घरमा शुभ तथा मांगलिक कार्यहरु हुन सक्नेछन । आफूले मान्नु पर्ने मान्छेहरुबाट फाइदा हुने योग चलेको छ । प्रेमी जोडीहरुको लागि रमाइलो दिन छ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्ने वा कुरा अगाडि बढाउने राम्रो समय आएको छ, व्यापारी वर्गलाई दिन अनुकुल छ, लगानीलाई दिन ठिक छ ।

(१०)मकर राशी

दिन अनुकुल रहने छ, आरोग्यता प्राप्ति हुने, आत्मविश्वास बढने, विगतमा गरेको कुनै कार्यको सही मूल्याकंन हुन सक्नेछ, ख्याति पाइने वा अरुले कदर गर्ने,  धन लाभको स्थिती बन्ने, मित्रहरुको सहयोग पाइने वा लाभ पाइने सम्भावना छ । गरेका कार्यहरुमा सफल भइने,  नयाँ कार्यको थालनी हुने अथवा गरिरहेको काममा थप नयाँ कार्य शुरु हुने खालको दिन छ । अगाडि बढनु होला । सरकारी वा सार्वजनिक पद धारण गर्नेहरुलाई बिशेष लाभ मिल्ने बलियो सम्भावना देखिएको छ,

(११) कुम्भ राशी

परिस्थितीले किंकर्तव्यविमुढ गराउनेछ , मेहनत गरे अनुसार फल प्राप्त नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउने छ, मानसिक दुविधा बढने, भर्चुवल इगो वा मनमुटाव बढने, धनको अनावश्यक क्षय, विरोधिहरुबाट पिडा प्राप्त हुने, कष्ट पाइने, जागिरमा हुनेहरुलाइ उच्चाधिकारीहरुबाट समस्या आउने वा पद तथा जिम्मेवारी हेरफेर हुने अवस्था आउन सक्छ, प्रशासनिक  झमेला जस्ता प्रतिकुलताहरु आउन सक्छन् । स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरुलाई बेवास्ता नगर्नु होला । पेट तथा पाचन सम्बन्धि कुनै पुरानो रोग छ भने विशेष चनाखो रहनु होला ।

(१२) मीन राशी

समय सन्तोषजनक नहुन सक्छ । धनलाभ अथवा कार्यलाभ सम्बन्धि कुराहरु ब्लक हुन सक्छन् । कष्ट,पीडा, धपेडी, कलहले सताउने खालको दिन छ, झर्को लागिरहने वा विवाद हुने, आयको तुलनामा खर्च ज्यादा हुन सक्छ, विश्वास गरेकाले धोका दिने सम्भावना छ, अरुबाट प्रताडित, अपमानित वा भयले ग्रसित हुनुपर्ने दिन छ, रोगव्याधिले च्याप्न सक्ने, अपच हुने वा खानपानमा समस्या आउने सक्ने भएकोले सावधान रहनु होला । दाम्पत्य सुखमा कमी  आउनेछ, विवाद वा झमेलाबाट आज सकेसम्म बच्नु पर्नेछ, यात्रा गर्दा सावधान रहुनुहोला । लगानी वा सापट लेनदेन आादिको लागि दिन ठीक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *