ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेलम्ची र हेलम्बुलाई आर्थिक सहयोग


सिन्धुली,असार ५ l यहाँको मरिण गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन्।

शुक्रबार मेलम्ची नगरपालिका पुग्नु भएका मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले नगरप्रमुख डम्बर बहादुर अर्याललाई १ लाख ५० हजारको चेक प्रदान गरेका थिए।प्राकृतिक विपत्तिबाट क्षति व्योहोरेको हेलम्बु गाउँपालिकालाई पनि १ लाख ५० हजारको चेक प्रदान गरेको अध्यक्ष बम्जनले जानकारी दिए।

हेलम्बुलाई प्रदेशसभा सदस्य युवराज दुलालमार्फत चेक पठाइएको होे।साथै उद्योग वाणिज्य संघ मरिण शाखाले पनि मेलम्चीलाई ५१ हजार र हेलम्बुलाई ५१ हजार रुपैया आर्थिक सहायेग प्रदान गरेको शाखा अध्यक्ष चिनध्वज बम्जनले जानकारी दिनुभयो।त्यस्तै मेलम्चीलाई हास्य कलाकार दिनेश काफ्लेले १३ हजार रुपैँया सहयोग गरेका छन्।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *