ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माइक्रोसफ्टका अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त

वासिङ्टन: विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त भएका छन्।

माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन रहनु भएको थियो भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका थिए।भारतीय मूलका नाडे ला सो चर्चित कम्पनीका अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको कम्पनीले जनाएको छ।

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्याग्नुभएको थियो भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत भएका थिए।

उनका अध्यक्षमा निर्वाचित भए पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समेत निर्वाह गरिरहनु हुने कम्पनीले जनाएको छ।माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए। त्यसैगरी कर्पोरेसनका अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्स सन् २०१४ मा बाहिरिएका थिए।

संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिनुभएको थियो । अहिले उहाँ पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ।

र्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उनले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सिइओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेका छन। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *