ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विदेश भ्रमणका लागी जाने २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाडौ,असार ५ l सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ ।

स्वास्थ्य मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने बताएको छ ।

मन्त्रालयका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल , कान्तिपुर अस्पताल, स्टार अस्पताल, हेम्स अस्पताल, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी अस्पताल, वी एण्ड वी अस्पताल, अल्का अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, जनमैत्री अस्पताल, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेजबाट पिसिआर गरेकालाइ मान्यता दिने बताएको छ।

भने त्यस्तै नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल अस्पताल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *