ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाटेड्रोसले गरे नेपाली स्वास्थ्यकर्मीको प्रशंसा

काठमाडौ,असार ५ l विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डाटेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा जोखिम मोलेर कोरोना खोपको बाकस खोला तारिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।

मुस्ताङको छापताङ् खोलामा पाइपको माध्यमबाट कोरोना विरुद्धको खोप राख्ने बाकस तारिरहेको भिडियो ट्वीटरमा सेयर गर्दै टेड्रोसले स्वास्थ्यकर्मीको उच्च प्रशंसा गरेका छन् ।

बर्षायाम सुरु भएसँगै मुस्ताङ लगायत देशभरका विभिन्न ठाउँहरुमा बाढी पहिरोको जोखिम बढेको छ । वर्षाका कारण साना साना खोलामा समेत पानीको सतह बढिरहेका बेला एक स्वास्थ्यकर्मीलाई खोलापारीबाट भ्याक्सिन राख्ने बाकस दिइरहेको देख्न सकिन्छ ।

ती स्वास्थ्यकर्मी उर्लिएर आइरहेको खोलको छेवैमा गएर उक्त बाकस लिएका छन् ।
महानिर्देशक टेड्रोसले उक्त भिडियो सेयर गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवन रहेका लागि काम गरिहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *