ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछील्लो समय कोरोनाबाट मृत्यु हुने र संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौ,असार ५ l स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरबाट कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाका कारण ८ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ भने कोनाबाट मृत्यु हुने प्रतिशत १ दशमलव ६ रहेको छ ।आज देशभरबाट गरिएको पिसिआर र एन्टिजेन विधिबाट गरीएको ११ हजार ६ सय ९६ वटा नमुना परीक्षण ‍मा चौबीस घण्टामा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुशार देशभर ३ हजार ६ सय ६० जना कोरोना मुक्त भएसँगै कोरोना मुक्त हुने प्रतिशत ८९ दशमलव ३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

देशभर संक्रिय संक्रमित संख्या ५७ हजार ६ सय १८ जना र क्वारेन्टिनमा ४ सय ४१ जना रहेका छन् । भने आसियुमा उपचारत ८ सय ७४ जना र भेन्टिलेटरमा २ सय ५८ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *