ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युरोकप: चेक रिपब्लिक र क्रोएसिया, इंग्ल्यान्ड र स्कटल्याण्डले बराबरी खेल्दाँ स्विडेनको पहिलो जित

काठमाडौं असार ५ । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत गए राति भएका खेलमा  चेक रिपब्लिक र क्रोएसिया, इंग्ल्यान्ड र स्कटल्याण्डले बराबरी खेल्दाँ स्विडेनले पहिलो जित निकालेको छ ।

हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको छ ।  जसमा चेक रिपब्लिकका प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए भने ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए ।

शुक्रबार राति भएको अर्को खेलमालमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेल्यो । खेलमा दुवै टोलीले कुन गोल गर्न सकेनन् ।

हिजोको खेलमा एक मात्र जित स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले निकालेको हो  । समुह चरणमा पहिलो जीत निकाल्ने क्रममा इमिल फोर्सबर्गले खेलको ७७ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *