ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम:बर्षाको सम्भावना कायम नै सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार ५ । देशका अधिकांश स्थानमा बर्षाको संभावना रहेको भन्दैं सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसरा देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ ।

महाशाखाले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भु-भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *