ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज असार ५ गते तपाईको राशिफल

आज मिति २०७८ साल असार ५ गते बार शनिबार तदनुसार सन २०२१ जुन महिनाको १९ तारिख, जेष्ठ शुक्ल पक्ष, ग्रीष्म रितु, उत्तरायण सुर्य, हस्ता नक्षत्र, नवमी तिथी, वरियान योग, कौलव करण, आज चन्द्रमा कन्या राशीमा रहेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुकी ७ बजे हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३७ मिनेटबाट १२ बजेर ३३ मिनेटसम्म रहनेछ  । आजको राहूकाल बिहानको ८ बजेर ३७ मिनेटदेखि १० बजेर २१ मिनेटसम्म रहनेछ । राहूकालमा शुभ कार्यहरु वर्जित छन्

(१) मेष राशी

दिन शुभ रहनेछ । धन लाभको स्थिती बनिरहेको छ, ग्रहले आँटेको काम पुर्याइदिने योग बनेकोले प्रयास जारी राख्नु होला, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति स्वास्थ्यमा सुधान देखा पर्नेछ, शत्रु बाधाबाट मुक्ति पाइने, रिण लाभ हुने, नयाँ नौलो मान्छेहरुसँग भेटघाट हुने र त्यसको दुरगामी फाइदा हुने सम्भावना पनि बलियो छ, कसै कसैलाइ आफनै घरायसी काममा व्यस्त हुने पर्ने स्थिती आउनेछ । प्रेम सम्बन्धमा मधुरता बढनेछ । विद्यार्थीहरुलाइ दिन राम्रो हुनेछ, व्यापार व्यवसायमा लाभको स्थिती बनीरहेको छ, लगानी लाई आज समय उत्तम छ,

(२) वृष राशी

व्यर्थमा समय अलमलिन सक्छ, सोचेको आँटेको काम पुरा नहुन सक्छ, शत्रुले दुख दिन सक्नेछन । मन अशान्त हुने, आयमा बाधा, धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउनु होला । रोगव्याधिले सताउन सक्छ, सामाजिक छवि खराब हुन सक्ने वा अपमान हुने योग चलेकोले आज विवादबाट टाढै रहनु होला । व्यवसायमा बाधा भएकोले लगानी गर्दा जानकारको सल्लाह लिनु होला । यात्रा गर्दा वा सवारी साधन चलाउँदा भने आज केही सावधान हुनु पर्नेछ ।

(३) मिथुन राशी

तँपाइको कर्मको मूल्याकंन हुने बेला चलेको छ । पुराना गल्ती कमी कमजोरी र समस्याहरुलाई सुधार गर्ने मौकाको रुपमा दिनलाई लिनु होला । अनावश्यक रुपले नजिक हुन खोज्ने हरुबाट आज सावधान रहनु पर्नेछ । अरुलाई धेरै छिटो विश्वास नगर्नुहोला । हडबडीले कामहरु बिग्रने सम्भावना भएकोले कुनै कुरामा पनि हतार नगर्नुहोला । कुनै पनि नयाँ कार्यको लागि पर्ख र हेर खालको दिन छ । आफनो व्यवहारले अरुको मन जित्न सफल भइने भएकोले दुरगामी तथा महत्वाकाँक्षी योजनाहरु फलीभूत हुने सम्भावना पनि छ । वैदेशिक व्यापार वा अन्य विदेशसँग सम्बन्धित कार्यको लागि दिन लाभदायक बन्न सक्छ ।  बोल्दा होश गर्नुपर्नेछ र नसोचिकन अरुलाई वचन दिने काम नगर्नु होला । व्यावसायिक सामmेदार सँग केहि समस्या उत्पन्न हुन सक्छ । विद्यार्थीवर्गले भने होश पुरयाउनु पर्ने दिन छ।

(४) कर्कट राशी

मन प्रसन्न हुने खालको दिन छ । विविध प्रकारको लाभ को साथै गरेका कार्यहरुमा सफलता पाइने छ, अरुबाट प्रशंसा र सहयोग मिल्नुको साथै शरिर स्वस्थ रहनेछ , दाम्पत्य जीवनमा सुखमय हुने, मित्रहरुले साथ र सहयोग दिने, शत्रु बाधाहरु हटने,  कसै कसैलाइ छोटो दुरीको यात्राको अवसर प्राप्त हुने योग छ । नयाँ कार्यको शुरुवात को लागि दिन राम्रो छ । विद्यार्थीहरुको लागि समय उत्तम रहनेछ ।

(५) सिंह राशी

दिन अनूकूल छैन । व्यर्थको श्रम, अनावश्यक खर्च, धन हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने, मनमा गलत विचारहरु आउने । आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, अचानक विवादहरु घटन सकछन,  र चित्त दुख्ने स्थिति पनि आउन सक्छ । आज अरुको विश्वास गर्ने वा भर पर्ने काम नगर्नु होला । शारिरिक पीडा, चोटपटक दुर्घटना आदि बाट सचेत रहनु होला,

(६) कन्या राशी

उत्साहजनक दिन छ, मनलाई स्थिर राखी कार्यलाई अगाडि बढाउनु भएमा भाग्यले साथ दिनेछ । कतैबाट उपहार वा नसोचेको वस्तु प्राप्त हुने योग छ । दिमागलाई महत्वाकाँक्षी विचारहरुले सकारात्मक रुपमा उर्जीत गर्नेछ । रमाइलो खानपानमा संलग्न भइने र पारिवारिक भलाकुसारी हुन सक्नेछ । रोग र ऋणबाट राहत प्राप्त हुने खालको दिन बन्न सक्छ,  प्रयास चाँही गर्नु होला । मित्रहरुले सहयोग गर्नेछन,  अविवाहित हरु हुनुहुन्छ घरमा विवाह सम्बन्धि कुरा चलाउन लाइ दिन राम्रो छ, व्यापार व्यवसायमा परिवर्तनको समय आएको छ ।

(७) तुला राशी

होश पुरयाउनु पर्ने खालको दिन छ । शारिरिक शिथिलताले दिन अमिलो बनाउन सक्नेछ । चिताएका कामहरुमा शुभचिन्तकहरुले साथ दिए पनि आफूलाई चित्त बुझन गाह्रो पर्ला । खर्चको मात्रा वृद्धि भएको महसुस हुनेछ । आफूले सोचेभन्दा परिस्थिती विपरित भइदिन सक्छ । अरुहरुको  चित्त बुझाउँदैमा दिन  बित्न सक्छ । प्रतिस्पर्धी र रिस गर्नेहरु सक्रिय हुने सम्भावना भएकोले चाहेको र आँटेको हरुमा योजनाहरुमाा आज विशेष गोपनियता कायम राख्नु होला । आज कुटुम्ब, आफन्त वा नजिकको मान्छे आफूबाट टाढिन सक्ने सम्भावना पनि बनेको छ । अरुहरुले धेरै आशा र विश्वास देखाए पनि भर चाँही नपर्नु होला । आफनो  वरपर केही समस्याहरु देखा परे पनि अन्त्यमा असमझदारीहरुलाई आफुले सहजताका साथ सुल्झाउन सफल भइने छ ।

(८) वृश्चिक राशी

शुभ समाचारहरु आउन सक्ने खालको दिन छ । अरुहरुसँगको संवाद, छलफल र सहकार्यले तँपाइका योजना र लक्ष्यहरुलाइ ठूलो समस्याबाट मुक्त  गर्न मद्दत मिल्नेछ,  र अडकिएका कार्यहरुले गति लिनेछन् । आज भोग विलास, खानपान वा रमाइलो जमघटमा मन लोभिन सक्छ, आय स्रोतको नयाँ अवसर फेला पर्न सक्ने सम्भावना भएकोले प्रयास चाँही निरन्तर गर्नुहोला,  मनको चन्चलतालाई त्याग गर्न सक्नुभएमा दिन सुखमय बित्नेछ । विवादबाट भने आज टाढा  रहनु होला ।

(९) धनु राशी

दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा शुभ समय आएको छ । भरमग्दुर प्रयास गर्नुहोला । केहि परिवर्तनहरु हुने र ईच्छित फल पाउने सम्भावना बनेको छ । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा व्यस्त हुनु पर्ने अवस्था आउन सक्छ, कार्य क्षेत्रमा तँपाइको कदर हुने सम्भावना बलियो छ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार पनि आउन सक्ने योग छ ।  भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुन राम्रो समय आएकोले आफूले मान्नु पर्नेहरुको, आफनो गुरुको वा कुनै शुभचिन्तक जेष्ठ नागरिकको  आशिर्वाद र सहयोग लिनु होला, लाभ मिल्नेछ ।

(१०) मकर राशी

ग्रहहरुले आज केही अवरोध गर्नेछन् ।  बिना कारण ठुस्स परिने वा कसैसँग कुरा नमिल्ने हुन सक्छ, केहीलाई नसोचेको दोष लाग्न पनि सक्छ । अरुबाट मान प्रतिष्ठामा प्रहार हुने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । मित्रहरुसँग, सहकर्मीहरुसँग, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद बाट बच्नु होला । कसै कसैलाई व्यर्थको भ्रमण हुने अथवा अलमलमा दिन बित्न सक्छ । दाम्पत्य सुख बाधित छ ।  कलहबाट आज जोगिनु होला । पार्टनरशीप व्यवसायमा समस्या आउन सक्छ ।

(११) कुम्भ राशी

सावधानी अपनाउनु पर्ने खालको दिन छ । मिmना मसिना कुराहरुले गर्दा मूख्य कामहरुमा अवरोध आउन सक्छ । अल्छीपना वा ढिलोपना ठूलै समस्या बन्न सक्छ । शारिरिक शिथिलता बढने भएकोले स्वास्थ्य स्थितिलाई हेलचेक्रयाइ नगर्नु होला । गरेका कामहरुमा शुरुमा सन्तोषजनक परिणाम नआउन सक्ला । हतारमा प्रतिफल खोज्नाले कामहरु बिग्रन सक्छ । कर्म क्षेत्रमाा चुनौतिहरु देखा परेपनि धैर्यताका साथ अगाडि बढनुमा नै श्रेयस्कर हुन्छ । नजिकका आफन्तहरु टाढिन सक्छन् । आफूले बोलेको अरुले उल्टो बुमिmदिनाले समस्या उत्पन्न हुन सक्छ । तसर्थ बोल्नु भन्दा नबोल्नु बेश । विद्यार्थीहरुलाई दिन सामान्य छ । आत्मबल बढाएर भयमुक्त भइ कार्यहरुलाई अगाडि बढाएमा दिन सहज हुनेछ ।

(१२) मीन राशी

समय  उत्तम  रहने छ  । धन लाभ, वाहन सुख, वैवाहिक सुख, विरोधिहरु पराजित हुनेछन, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ,  वैवाहिक सुख तथा प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने योग छ, भोग विलास मनोरन्जन , रति सुख र स्त्री सुखमा अत्यधिक रुचि बढन सक्छ । तर एक्ट्रा म्यारिटल अफेयरर्सलाइ बढावा नदिनु होला । घरको खाना बाहिरको भन्दा स्वस्थकर हुन्छ भन्ने कुरा लाई मनन गर्नुहोला । पारिवारिक सदस्यलाई ढाँटेर घरमा कम बस्ने अथवा टाढाको मान्छेसँग च्याटिगं हुने सम्भावना लाई पनि नकार्न सँकिदैन, व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ,  पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *