ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पोखरेलले लिए विश्वासको मत

पोखरा असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिएका छन् ।  यस अघिका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएपछि पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शुक्रबार पोखरेलको  पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *