ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जनमतको परिक्षण गर्ने थलो राष्ट्रपति नभएर संसद रहेको सभामुखको जिकिर

काठमाडौं असार ४ । सभामुख अग्नी प्रसाद सापकोटाले जनमतको परिक्षण गर्ने थलो राष्ट्रपति नभएर संसद भएको जवाफ सर्वोच्च अदालतलाई पठाएका छन् ।

प्रतिनिधिसभा विटटनसम्वन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत सभामुखले लिखित जवाफ पेश गर्दै विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको जिकिर गरेका हुन् ।

उनले राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६(५) तथा धारा ६६ ले नदिएको भन्दै राष्ट्रपतिको निर्णय गैरसंवैधानिक रहेको जिकिर गरेका छन् ।

यस अघि प्रधानमन्त्री केपी ओलीले १८ बुँदामा लिखित जवाफ बुझाएका थिए भने राष्ट्रपतिले १५ बुँदामा लिखित जावफ दिएकी थिइन् । उनीहरुको जवाफ पछि सभामुखले १० बुँदामा जवाफ दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *